आईपीएलमा मुम्बई संग हार्यो पन्जाब,काम लागेन क्रिस गेलको अर्धसतक !



२२ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले किङ्ग्स इलाभेन पन्जाबलाई ६ विकेटले हराएको छ ।

इन्दौरमा टस हारेर पहिले व्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १७४ रन बनाएको थियो । १७५ रनको लक्ष्य मुम्बईले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

मुम्बईको जितमा सूर्यकुमार यादवले ४२ बलमा ३ छक्का र ६ चौकाको मद्दतमा ५७ रन बनाए ।

यसैगरी क्रुणाल पान्ड्याले ११ बलमा नटआट ३१ र कप्तान रोहित शर्माले १५ बलमा नटआउट २४ रन योगदान गरे ।

सूर्यकुमार प्लेयर अफ दि म्याच भए । पावरप्लेको पहिलो ६ ओभरमा ३९ रन बनाउँदा अधिकतम योगदान सूर्यकुमारको थियो । १० ओभरमा स्कोर एक विकेटको क्षतिमा ६७ रन पुगेको थियो । त्यसमा ५१ रन सूर्यकुमारको थियो । उनले अंकित राजपुतको बलमा पहिलो छक्का र फेरि चौका हानेर आईपीएलको जारी सिजनमा तेस्रो अर्धशतक पूरा गरे ।

बलिङतर्फ पन्जाबका मुजिब उर रहमानले दुई विकेट लिए ।

यसअघि इन्दौरको होलकर क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबका लागि क्रिस गेलले अर्धशतक बनाएका थिए । ४० बल सामना गरेका उनले ६ चौका र २ छक्काको मद्दतमा ५० रन बनाएका थिए ।

यो जितसँगै मुम्बई अंक तालिकाको आठौं स्थानमा उक्लिएको छ । पन्जाब भने चौथो स्थानमा छ ।

 

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...