१० वर्षमा नभएको काम १० दिनमै !



बैशाख २२,जनकपुरधाम : दैनिक हजारौं बिरामी उपचार गर्न आउने जनकपुर अञ्चल अस्पताल १० वर्षदेखि फोहोरका कारण दुर्गन्धित छ। यो ठाउँको सुधारका लागि न अस्पताल प्रशासन गम्भीर बन्यो न त स्थानीय तह नै। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने भएपछि भने १० वर्षमा हुन नसकेको काम १० दिनमा सम्पन्न गर्ने तत्परता देखिएको छ।

अस्पताल क्षेत्रलाई सफा र व्यवस्थित बनाउन स्थानीय अगुवाले नगरपालिका समक्ष माग गर्दै आए पनि अवस्था जस्ताको तस्तै थियो। मोदीले पूजापाठ गर्ने जानकी मन्दिर र अभिनन्दनस्थल बाह्रबिघा मैदानको बीचमा पर्ने अस्पताल क्षेत्रलाई अहिले फोहोरमुक्त बनाउन कामदार खटाइएका छन्।

मोदी त्यही बाटो जाने भएपछि सडकलाई सुन्दर र सफा बनाउन लागिएको हो। जनकपुर उपमहानगरपालिकाले अहिले अस्थायी रुपमा सकडक र नाला निर्माणको काम गरिरहेको छ। अन्नपूर्णपोस्ट बाट

 

 

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...