सिण्डिकेटधारी व्यवसायीसंग सरकार कडा बन्दै जाँदा यस्तो आयो काँग्रेसको प्रतिक्रिया, झुकेन सरकार डरायो प्रतिपक्षी काँग्रेस !



बैशाख २२ काठमाडौँ, नेपाली कांग्रेसले यातायात व्यवसायीहरुसँग वार्ताबाट समस्याको समाधान खोज्न सरकारलाई अपिल गरेको छ।

यातायात सिण्डिकेट खारेज गर्ने सरकारको निर्णय विरुद्ध शुक्रबार यातायात व्यवसायी महासंघले चक्काजाम गरेको थियो। देशभरी चक्काजाम गरेपछी सरकारले महासंघका पदाधिकारी सहित अन्य व्यवसायीलाई पक्राउ गरेको थियो। यातायात जस्तो अत्यावश्यक सेवामा चक्काजाम हड्ताल नगर्न सरकारले गरेको निषेध तोडेको भन्दै सरकारले उनीहरुलाई पक्राउ गरेको हो।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने यातायात व्यवसायीको धरपकड बन्द गर्न पनि कांग्रेसलले सरकारलाई भनेको छ। केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरको विज्ञप्तिमा भनिएको छ, यातायात बन्द गर्ने व्यवसायीको निर्णयबाट पर्न गएको असुविधा र कठीनाइप्रति ध्यानार्षण भएको पनि उल्लेख छ।

‘यातायात व्यवसायीहरुले आफ्नो व्ययसायिक हितका लागि विभिन्न मांग राखी गरिएको आन्दोलनमा व्यवसायिक उपर गरिएको धरपकड तत्काल बन्द गरी बार्ताको माध्यमबाट समस्याको समाधान खोज्न नेपाल सरकार एवं आन्दोलनरत पक्षलाई नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

 

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...