आईपिएलमा आज महेन्द्र सिंह धोनी र बिराट कोहलीको महाभिडन्त, कसले मार्ला बाजी ?



वैशाख २२ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको जारी सिजनमा ३५ औँ खेल महेन्द्रसिंह धोनीको टिम चेन्नई सुपर किंग्स र विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बेंगलोरबीच शनिबार हुँदैछ ।

स्टार खेलाडीले भरिपूर्ण भए पनि आरसीबी प्लेअफमा स्थान बनाउनका लागि गर या मरको स्थितिमा रहेको छ । आरसीबीले आठ खेलमा तीन खेल मात्रै जितेको छ ।

आरसीबीले आफ्नो पछिल्लो खेलमा मुम्बई इन्डियन्सलाई १४ रनले हराएको थियो । अब आरसीबी पछिल्लो खेलमा चेन्नईसँग बेहोरेको पाँच विकेटको हारको जवाफ दिने तयारीमा छ ।

आरसीबीका लागि कप्तान विराट कोहली निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले आठ खेलमा ४४९ रन बनाएका छन् । एबी डिभिलियर्सले ६ खेलमा २८० रन बनाएका छन् । त्यस्तै ब्रेन्डल म्याककुलमले पाँच खेलमा १२२ रन बनाएका छन् । आरसीबीका लागि चिन्ताको विषय भनेको अन्तिम ओभरको बलिङ हो । अन्तिम ओभरमा आरसीबीको बलिङ मंहगो रहँदै आएको छ । जारी सिजनमा उमेश यादवले ११ तथा युजवेन्द्र सिंह चहलले ७ विकेट लिए पनि मोहम्मद सिराज र वाशिंगटन सुन्दरले अपेक्षाकृत रुपमा प्रदर्शन गर्न सकेका छैनन् ।

अप्रिल २८ मा मुम्बईसँग ८ विकेटको हार तथा बिहीबार कोलकाता नाइटराइडर्ससँग ६ विकेटको हार बेहोरेको सीएसकेले बलिङमा सुधार गर्नु पर्नेछ । अम्बाती रायुडू, शेन वाटसन, ड्वेन ब्राभो, कप्तान धोनी तथा सुरेश रैनालगायतका ब्याट्सम्यानले रन बनाइरहेका छन् ।

रायुडूले अहिलेसम्म ३९१ रन बनाएका छन् । धोनीले उत्कृष्ट प्रदर्शन गर्दै आलोचकहरुको मुख बन्द गरिदिएका छन् । बलरतर्फ शार्दुल ठाकुरको प्रदर्शन उत्कृष्ट रहेको छ । विराट कोहलीको उपस्थितिमा आरसीबीलाई रोक्न सीएसकेले कठिन संघर्ष गर्नु पर्नेछ ।

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...