मोदीको अभिनन्दन समारोहमा प्रधानमन्त्री ओली सहभागी नहुने



जनकपुरधाम – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा प्रदान गरिने अभिनन्दनपत्र चार भाषामा तयार गरिँदैछ।

नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषमा लेखिएका अभिनन्दनपत्र जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहले मोदीलाई एक समारोहबीच प्रदान गर्नेछन् ।

सो क्रममा मैथिली भाषामा लेखिएको अभिनन्दन वाचन गरिने साहले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।

बैशाख २८ बिहान भारत, बिहारको राजधानी पटनाबाट मोदी प्रदेश २ को अस्थायी राजधानी जनकपुर आउन लागेका हुन् ।

कुनै पनि मुलुकका प्रधानमन्त्रीलाई सम्भवतः पहिलोपटक काठमाडौंबाहिर नेपालका प्रधानमन्त्रीले स्वागत गर्न लागेका छन् ।

मोदीलाई स्वागत गर्न काठमाडौंबाट जनकपुर आउने प्रधानमन्त्री केशी शर्मा ओली नागरिक अभिनन्दन सामारोहमा भने सहभागी हुने छैनन् ।

Related posts
गृहमन्त्री थापाले कारवाही गर्न दिएको निर्देशनको अवज्ञा, कारवाही रोक्न अर्का मन्त्रीको दबाब

दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि गृहमन्त्री...

गोरेसंगको ६ पृष्ठ लामो बयानले थप रहस्य खुल्दै, के के भयो हिजो ?

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग...

आइपिएल खेलेर नेपाल फर्किन नपाउदै सन्दीपले पाए यति ठुलो उपहार

काठमाडौं- टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड...

अदालतमा गोरेको बयान: म ठूलो तस्कर होइन, मानवअधिकारवादीको रोहबरमा हिरासतमा बस्न पाउँ !

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले आफूमाथि...

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सद्वारा सन्यासको घोषणा !

काठमाडौँ, दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।...