धर्मुस् भन्छन्– मुसहबस्तीका लागि आर्थिक सहयोग गर्ने उनीहरू सुन तस्करीमा संलग्न रहेछन्



२०७३ पुस २१ गते दुबईबाट तस्करी गरी नेपाल भित्र्याइएको ३३ किलो ५७७ ग्राम सुन सीआईबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको थियो।

त्यसबेला अनुसन्धानका क्रममा पक्राउ परेका कुल ३३ जनामध्ये सात जना पुर्पक्षका लागि कारागार चलान, १४ जना धरौटीमा रिहा र तीन जना साधारण तारेखमा छुटेका थिए।

प्रहरीले नौ जना फरार भएको प्रतिवेदन सार्वजनिक गरेको थियो। उक्त सुनको मूल्य १४ करोड ९३ लाख ६१ हजार ३०० रूपैयाँ रहेको प्रहरीको प्रतिवेदनमा उल्लेख छ।

सीआईबीले उक्त घटनाका अनुसन्धानका क्रममा विभिन्न व्यक्तिसँग बयान लिएको थियो। त्यसमध्ये आठ जनाले दिएको बयानलाई आज हिमाल पत्रिकाले छापेको छ। बयान दिने आठ जनामध्ये चर्चित हास्य कलाकार सीताराम कट्टेल धुर्मुस्ले दिएको बयान यस्तो छ-

म कलाकार भएकाले नेफ्टा फिल्म अवार्डमा भाग लिन २०७३ पुस महिनामा दुबई गएको थिएँ। मलाई लिन दुबईको एअरपोर्टमा राज गौतम आए। गौतमले भोलिपल्ट एउटा पसलको उद्घाटन गर्न लगाए।

म पसल उद्घाटन गर्न जाँदा हरिशरण खड्काले मैले नेपालमा निर्माण गर्न लागेको मुसहर बस्तीका लागि पाँच लाख १० हजार रूपैयाँ र सोही कार्यक्रममा अर्जुनप्रसाद खरेलले पनि आर्थिक सहयोग गरेका थिए। हाल बुझ्दा मुसहर बस्तीका लागि आर्थिक सहयोग गर्ने उनीहरू अवैध सुन ओसारपसारमा संलग्न रहेको भन्ने थाहा पाएँ।

Related posts
गृहमन्त्री थापाले कारवाही गर्न दिएको निर्देशनको अवज्ञा, कारवाही रोक्न अर्का मन्त्रीको दबाब

दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि गृहमन्त्री...

गोरेसंगको ६ पृष्ठ लामो बयानले थप रहस्य खुल्दै, के के भयो हिजो ?

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग...

आइपिएल खेलेर नेपाल फर्किन नपाउदै सन्दीपले पाए यति ठुलो उपहार

काठमाडौं- टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड...

अदालतमा गोरेको बयान: म ठूलो तस्कर होइन, मानवअधिकारवादीको रोहबरमा हिरासतमा बस्न पाउँ !

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले आफूमाथि...

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सद्वारा सन्यासको घोषणा !

काठमाडौँ, दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।...