आईपीएलमा हैदरावाद संग पराजित भयो सन्दिप लामिछाने अनुबन्धित दिल्ली डियरडेभिल्स, चेन्नईलाई पछि पार्दै हैदरावाद शिर्ष स्थानमा !



बैशाख २३, काठमाडौँ,  इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शनिबार बेलुका भएको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा हैदरावादले दिल्ली डियरडेभिल्सलाई सात विकेटले हराएको हो । दिल्लीले प्रस्तुत गरेको १६४ रनको लक्ष्य हैदरावादले एक बल बाँकी हुँदा मात्रै तीन विकेटको क्षतिमा भेट्टाएको हो ।

उसका लागि एलेक्स हल्सले ३१ ब्लमा ४५, शीखर धवनले ३० बलमा ३३ तथा केन विलियम्सनले ३० बलमा नटआउट ३२ रन बनाए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको दिल्लीले पाँच विकेटको क्षतिमा १६३ रन बनायो । उसका लागि पृथ्वी शावले ३६ बलमा ६५ तथा श्रयश आय्यरले ३६ बलमा ४४ रन बनाए पनि हार टार्न सकेनन् ।

जितपछि चेन्नईलाई पछि पार्दै हैदरावाद ९ खेलबाट १४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । १० खेलबाट ६ अंक जोडेको दिल्ली भने पुछारबाट दोस्रो स्थानमा छ ।

 

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...