सिण्डिकेटधारी नेतालाई जेलमै सरकारको यस्तो शर्त माने छुट्ने भए नमाने मुद्दा दर्ताको तयारी !



गृहमन्त्री रामबहादुर थापाले पक्राउ परेका यातायात व्यवसायीले सरकारलाई सहयोग गर्ने कागज गरे छोड्न नभए मुद्दा चलाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्।

शुक्रबार र शनिबार देशभरिबाट पक्राउ परेका यातायात व्यवसायी महासंघका अध्यक्षसहितलाई ‘सिन्डिकेट मान्दिनँ, कम्पनी दर्ता गर्छु, सवारी साधन चलाउँछु र सरकारलाई सहयोग गर्छु’ भन्ने कागज गराउन थापाले ७७ सिडिओलाई निर्दशन दिएका हुन्।

‘यस्तो कागज गर्न नमाने मुद्दा चलाउनू,’ गृहमन्त्रीले भनेका छन्।

शुक्रबार र शनिबार प्रहरीले देशभरिबाट ९३ जना यातायात व्यवसायीलाई पक्राउ गरेको थियो।

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा कागज बनाउने विषयमा अहिले सरोकारवालाबीच छलफल भइरहेको छ।

स्रोतका अुनसार उनीहरूलाई हिरासतमा राखेको काठमाडौं प्रहरी प्रहरीले अत्यावश्यक सेवा ऐन २०१४ अनुसार कारबाहीको तयारी गरेको छ।

‘हामीले फाइल तयारी अवस्थामा राखेका छौं, सिडिओ कार्यालयको निणर्य के हुन्छ, त्यसपछि अघि बढ्छौ,’ प्रहरी स्रोतले भन्यो।

सिन्डिकेट हटाउने सरकारी निणर्यको विरोध गर्दै यातायात व्यवसायीले शुक्रबार सार्वजनिक बस चलाएका थिएनन् भने यही २७ गतेदेखि अनिश्चितकालीन हड्ताल घोषणा गरेका छन्।

काठमाडौं प्रहरीले गाडी नचलाउने महासंघका अध्यक्षसहित ६ जना पदाधिकारीलाई हिरासतमा राखेको छ।

सरकारले पक्राउ परेका व्यवसायीविरुद्ध मुद्दा चलाए उनीहरूले १ वर्षसम्म कैद र १ हजार रुपैँया जरिवाना तिर्नुपर्नेछ।

आवश्यक सेवा सञ्चालन ऐन अनुसार २०१४ ले निषेधित हड्ताल गर्न उक्साउनेलाई १ वर्षसम्म कैद वा १ हजार जरिवाना हुने व्यवस्था गरेको छ।

त्यस्तै रूट परमिट लिएर बस सञ्चालन नगर्ने र यो हड्तालमा भाग लिनेलाई पनि यो ऐन अन्तर्गत कारबाही चलाउन सकिन्छ।

उनीहरूलाई भने ६ महिनासम्म कैद वा २०० जरिवाना गर्ने सकिने ऐनमा उल्लेख छ।

 

Related posts
गृहमन्त्री थापाले कारवाही गर्न दिएको निर्देशनको अवज्ञा, कारवाही रोक्न अर्का मन्त्रीको दबाब

दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि गृहमन्त्री...

गोरेसंगको ६ पृष्ठ लामो बयानले थप रहस्य खुल्दै, के के भयो हिजो ?

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग...

आइपिएल खेलेर नेपाल फर्किन नपाउदै सन्दीपले पाए यति ठुलो उपहार

काठमाडौं- टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड...

अदालतमा गोरेको बयान: म ठूलो तस्कर होइन, मानवअधिकारवादीको रोहबरमा हिरासतमा बस्न पाउँ !

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले आफूमाथि...

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सद्वारा सन्यासको घोषणा !

काठमाडौँ, दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।...