त्रिविका उपकुलपतिलेनै प्रधानमन्त्री ओलीलाई अस्वस्थ हुनुहुन्छ भन्दिएपछि ………



काठमाडौँ — स्वस्थ रहेका प्रधानमन्त्रीलाई त्रिवि पदाधिकारीले अस्वस्थ भएको भन्दै गलत जानकारी दिएर सभा बैठक स्थगित गरेका छन् ।

उपकुलपति र अन्य पदाधिकारीको कार्यशैली चित्तबुझ्दो नभएको र आइतबार हुने बैठकको कार्यसुची प्रष्ट नहुँदा बैठकमा नगएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

उपकुलपति तीर्थ खनियाँले प्रधानमन्त्री अस्वस्थ भएकोले बैठक स्थगित गरेको सहभागीलाई जानकारी गराएका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्री स्वस्थ रहेको बताए। ‘उहाँ स्वस्थ्य हुनुहुन्छ। त्रिवि सभाको कार्यसुची प्रष्ट नभएकोले नजानु भएको हो,’ अर्यालले भने, ‘शनिबार पनि दिनभर ब्यस्त हुनुहुन्थ्यो। आज पनि व्यस्त हुनुहुन्छ। बेलुका संसद बैठकमा पनि जाँदैहुनुहुन्छ।’

प्रधानमन्त्रीको अध्यक्षतामा हुने त्रिवि सभामा काठमाडौंमा बसेर राजनीति गर्ने सहप्राध्यापक योगेन्द्रनारायण बडबरियाको ६ सय ठ दिनको हाजिरी समेत अनुमोदन गर्न लागेको बैठकको कार्यसुची बनाएपछि प्रधानमन्त्री ओली असन्तुष्ट भएको स्रोतले जनाएको छ।

त्रिवि सभाले सिराहाको सूर्यनारायण सत्यनारायण मरवैता क्याम्पसमा पढाउन छाडेर त्रिवि प्राध्यापक संघको राजनीतिक गर्ने बडबरियाको कामै नगरी तलब दिने गरी हाजिरी स्वीकृत गर्न लागेको थियो। प्राध्यापक संघको सभापतिको पदावधि चार वर्षअघि नै सकिए पनि बडबरिया अझै काठमाडौंमा बसर राजनीतिक गरिरहेका छन्।

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...