सिन्डिकेट हटाउने कदमबाट सरकार पछि हट्दैन



काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले सिन्डिकेट अन्त्य गर्न चालेको कदमबाट सरकार पछि नहट्ने दाबी गरेका छन् ।

आइतबार आफूलाई भेट्न पुगेका उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिमण्डलसँगको कुराकानीमा गृहमन्त्री थापाले विगतमा सिन्डिकेट हटाउन गरिएको प्रयास असफल भएको उल्लेख गर्दै अब यो निर्णयबाट पछि नफर्कने बताएका हुन् । ‘सिन्डिकेट अन्त्य जरुरी होइन कि अनिवार्य छ भनेर यो कदम उठाएका हौं । हुन त, हिजो पनि प्रयास नगरेका होइनन् तर सफल भएनौं । पछाडि फर्क्यौ’ उनले भने, ‘अब यो निर्णयबाट पछाडि फर्कनु हुँदैन, यो छुट हामीलाई छैन ।’

अहिले सरकारलाई अघि बढ्ने वातवारण रहेको उल्लेख गर्दै गृहमन्त्री थापाले जनताको म्यान्डेट, आदेशलाई इमान्दारितापूर्वक लागू गर्ने कोसिस गरिरहेको बताए । देशले विकास र समृद्धि खोजेको भन्दै त्यसका लागि सिन्डिकेट अन्त्य जरुरी रहेको उनको भनाइ थियो ।

यातायातको सिन्डिकेट हटाउने सुरुआत मात्रै भन्दै गृहमन्त्री थापाले यससँग जोडिएका सिन्डिकेटलाई शृंखलाबद्ध रुपमा अन्त्य गर्न जरुरी रहेको बताए । नेतृत्वकै संरक्षणमा सिन्डिकेट टिकिरहेको स्वीकार उनले स्वीकार गरे । ‘सिन्डिकेट माथिबाट संरक्षण नभइ टिक्दैन त्यसकारण माथिदेखि नै करेक्सन गर्नुपर्ने देखिन्छ’ उनले थपे ‘नीति, निर्माताहरुबाट सिन्डिकेट तोड्न जरुरी छ ।’

देश दलाल, नोकरशाह र माफियाको हातमा रहेको भन्दै उनले जनताको हातमा ल्याउनुपर्ने अवस्था रहेको बताए । उनले सिन्डिकेटविरुद्धको लडाइँमा हार्ने खतरा पनि रहेको भन्दै सबैले सहयोग गरेमा गृहमन्त्रालय ‘बोल्ड’ भएर अगाडि जान तयार रहेको बताए ।

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...