कोमल वली प्रति प्रधानमन्त्री केपी ओलीको व्यंग्य ”कोमल वलीले एउटा गीत गाउन छोडिन्” !



बैशाख २३, काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका तथा राष्ट्रिय सभा सदस्य कोमल वलीले एउटा गीत गाउन छाडेजस्तै अब नेपाली जनताले पनि दु:ख र पीडाको गीत गाउन छाड्ने बताए।

आइतबार एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले गायिका वलीले एउटा गीत गाउन छोडेको बताए तर उनले कुन गीत गाउन छाडेकी हुन् भन्ने भने खुलाएनन्।

गायिका वलीले केही समयअघि अब ‘पोइला जान पाम्…’ भन्ने गीत नगाउने बताएकी थिइन्। गायिका वलीले पार्टी परिवर्तनको विषयलाई लिएर यस्तो धारणा राखेकी थिइन्।

‘उहिले उहिले नेपालमा झुपडी थिए रे भन्ने गीत हुन्थ्यो’, प्रधानमन्त्री ओलीले भने, ‘के लाउँ, टोपी शिरमा छैन, कपडा आङमा छैन जस्ता गीत नेपालीले केही समयमा रचना गर्न र गाउन छाड्छन्।’

उनले सरकारले अब विकास निर्माणको कामलाई तीव्रता दिने बताए।

प्रधानमन्त्री ओलीले अब सरकारले सबै प्रकारको सिन्डिकेट तोड्ने समेत दाबी गरे।

‘सरकारले सिन्डिकेट तोड्यो। किनभने सरकार दृढ छ’, ओलीले भने, ‘पहिला सिन्डिकेट तोड्नु गाह्रो मानिन्थ्यो। यो सरकारले अब धेरै सिन्डिकेट तोडेर जान्छ। ‘नो’ सिन्डिकेट।’

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...