‘जँड्याहा’ भारतीय नागरिक छुटाउन गाउँपालिका उपाध्यक्षको समूहले नै गरे यस्तो बितण्डा, प्रहरी माथि गोलिको वर्षा !



काठमाडौं । जँड्याहा भारतीय नागरिक र मोबाइल चोर छुटाउन प्रहरी चौकीमा गाउँपालिका उपाध्यक्षसहितको टोलीको आक्रमण गरेपछि पर्सामा आश्रु ग्याससहित ३० राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ ।

झडपमा प्रहरी नायब निरीक्षक राजेश चौधरी, प्रहरी सहायक निरीक्षक गोपाल खड्का, इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी सहायक निरीक्षक शुकेश्वर महतो, पाँडेपुर प्रहरी चौकीका प्रहरी हवल्दार आलोक बैठा, प्रहरी जवान जयप्रकाश यादव घाइते भएको पर्साका प्रहरी प्रमुख एसपी गणेश रेग्मीले जानकारी दिए ।

मदिरा सेवन गरेर एउटै मोटरसाइकलमा सवार ४ जना भारतीय नागरिक र दुईजना मोबाइल चोरलाई छुटाउन जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरीको नेतृत्वमा स्थानीयको टोलीले ईलाका प्रहरी कार्यालयमा आक्रमण गर्न खोजेपछि झडप भएको रेग्मीले जानकारी दिए । उनका अनुसार जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरीसहित केही प्रर्दशनकारीलाई नियन्त्रणमा लिइएको छ ।प्रहरीले भारतको बेतिया जिल्ला भंगहाका बजरंगी गौरो, रामप्रबेश गौरो, बिष्णु भर गौरो, दिनदयाल महतोलाई चेकजाँचका क्रममा मापसे गरेको र एउटै मोटरसाइकलमा सवार रहेको पाएपछि नियन्त्रणमा लिएको थियो । प्रदर्शनकारीले प्रहरीको बा २ ब ५७०५ र ना १४ प ४५७७ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन् ।

 

 

Related posts
गृहमन्त्री थापाले कारवाही गर्न दिएको निर्देशनको अवज्ञा, कारवाही रोक्न अर्का मन्त्रीको दबाब

दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि गृहमन्त्री...

गोरेसंगको ६ पृष्ठ लामो बयानले थप रहस्य खुल्दै, के के भयो हिजो ?

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग...

आइपिएल खेलेर नेपाल फर्किन नपाउदै सन्दीपले पाए यति ठुलो उपहार

काठमाडौं- टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड...

अदालतमा गोरेको बयान: म ठूलो तस्कर होइन, मानवअधिकारवादीको रोहबरमा हिरासतमा बस्न पाउँ !

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले आफूमाथि...

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सद्वारा सन्यासको घोषणा !

काठमाडौँ, दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।...