राष्ट्रियसभामा कुरा चल्यो सिन्डिकेटधारी नेताको सम्पति बारे, रामनारायण बिडारीले सोधे यस्तो प्रश्न !



२४ वैशाख, काठमाडौं । कानुनविदसमेत रहेका सांसद रामनारायण बिडारीले यातायात समितिहरुका नाममा रहेको अर्बौ रुपैयाँको सम्पत्ति राष्ट्रियकरण गर्ने कि व्यवसायीलाइनै दिने भन्ने प्रश्न सरकार समक्ष गरेका छन् ।

राष्ट्र बैंकमार्फत यातायात व्यवसायी समितिहरुको बैंक खाता रोक्का गरिएपछि सांसद बिडारीले ती खातामा भएको रकमबारे प्रश्न उठाएका हु्न् ।

राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका सांसद बिडारीले सार्वजनिक संस्थाका रुपमा दर्ता भएका समितिहरुको नाममा अर्बौ रुपैयाको सम्पत्ति रहेको बताए । उनले त्यो सम्पत्ति के गर्ने भन्ने बारेमा सरकारले अहिलेसम्म नसोचेको आरोप लगाए ।

बिडारीले भने ‘यातायात क्षेत्रमा व्यवसायीले अबौर्ं रुपैयाँ लगानी गरेका छन् । उनीहरुको सम्पत्तिको संरक्षण कसले गर्ने ? अनि समितिहरुको नाममा रहेको अर्बौ सम्पत्ति सरकारको हुन्छ कि व्यवसायीको हुन्छ ? यसबारे सरकारले अहिलेसम्म सोचेको देखिएन ।’

सांसद विडारीले यातायात क्षेत्रको सिण्डिकेट तोड्न सरकार सफल भए पनि यसपछि सेवा र सुविधामा प्रतिस्पर्धा गराउने र सर्वसाधारणलाई सहज सुबिधा दिलाउनेबारे सरकार योजनाविहीन रहेको बताए ।

उनले सिण्डिकेट अन्त्य भएपछि हुनसक्ने यातायात क्षेत्रको अस्तव्यस्तताप्रति सरकारले अहिलेनै विकल्प खोज्नुपर्ने सुझाव समेत दिए ।

 

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...