जागिरको प्रलोभन देखाउदै क्रिश्चियन बनाउदै गरेपछि……….



बैशाख २४, काठमाडौं क्रिश्चियन बनेमात्र जागिर लगाइदिन्छु भन्दै धर्म परिवर्तन गर्ने तीनजना महिलालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंको नागार्जुनकी ४१ वर्षीय सुमित्रा गौली, चितवन भरतपुर महानगरपालिका १६ की ४२ वर्षीय फूलदेवी भट्टराई र काठमाडौं कलंकीकी ३६ वर्षीय राधिका महर्जन धर्म परिवर्तन गराएको आरोपमा समातिएका हुन्।

उनीहरुले चितवन भरतपुर नगरपालिका वडा २७ की ३८ वर्षीय लक्ष्मी भट्टराईलाई सीतापाइलास्थित एक चर्चमा लगेर धर्म परिवर्तन गर्न लगाएको र जागिरको प्रलोभन देखाएको प्रहरीले जानकारी दिएको छ। भट्टराईको उजुरीका आधारमा यी तीन महिलालाई पक्राउ गरिएको हो।

आफूलाई क्रिश्चियन बनेमात्र जागिर लगाइदिने भनेर फकाएको पीडित भट्टराईले काठमाडौँ प्रहरीलाई बताएको एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।

पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ। मुलुकी ऐनअनुसार धर्म परिवर्तन गर्न लगाएको वा गराएको प्रमाणित भएमा ३ वर्षसम्म जेल सजाय हुनसक्ने छ।

 

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...