यस्ताे बन्याे प्रदेश नम्बर ५ काे लोगो !



प्रदेश नम्बर ५ का सांसद र कर्मचारीहरुले लगाउने छुट्टाछुट्टै लोगो र वेवसाइट सार्वजनिक गरिएको छ । प्रदेशसभा सचिवालयले सोमबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी लोगो र वेवसाइट सार्वजनिक गरेको हो ।

१२ जना प्रतिस्पर्धीमध्ये तुलसीपुर उपमहानगरपालिका– १ दाङका खगेश्वर भण्डारीले बनाएको लागो छनोटमा परेको थियो । उनलाई लोगो सार्वजनिक समारोहमा नगद २५ हजारले सम्मान समेत गरिएको छ ।

सांसदको लोगोमा प्रदेश पाँचका जिल्लालाई समेट्ने प्रयास गरिएको छ । लोगोमा सबैभन्दा माथि सिस्ने हिमाल छ । हिमालको माथि राष्ट्रिय झण्डा राखिएको छ ।

त्यसभन्दा तल बुद्ध जन्मस्थल लुम्बिनी र अखण्ड ज्योती राखिएको छ यी सबैलाई दायाँ(बायाँबाट धान र जौंका बालाले घेरिएको छ । तल महिला र पुरुषको हात मिलाएको राखिएको छ । सबैभन्दा पुछारमा ‘प्रदेशसभा प्रदेश नम्बर ५’ लेखिएको छ ।

पूर्वी रुकुममा पर्ने सिस्ने हिमालले उच्च पहाडी जिल्लाको प्रतिनिधित्व गरेको छ भने लुम्बिनीले कपिलवस्तु र रुपन्देहीलाई समेटेको छ । धान र जौंका बालाले कृषिमा उर्बर तराई तथा पहाडका अन्य जिल्लालाई समेट्ने प्रयास गरेको छ । महिला र पुरुषको मिलाएको हातले लैंगिक समानतालाई झल्काएको छ ।

कर्मचारीहरुले लगाउने लोगोमा दायाँबायाँ राष्ट्रिय फूल लालीगुराँसले घेरेर बीचमा गौतमबुद्धको चित्र राखिएको छ । सबैभन्दा माथि हिमाल र हिमालको चुचुरोमा राष्ट्रिय झण्डा राखिएको छ ।

लोगो सार्वजनिक कार्यक्रममा प्रदेशसभा ५ को आधिकारिक बेवसाइट पनि सार्वजनिक गरिएको छ । साथै प्रदेशसभा संचालन तथा व्यवस्थापन लागि प्रदेशसभाबाट सर्वसम्मत रूपमा पारित भएको प्रदेशसभा नियमावली २०७४ सहित प्रदेशसभाका विविध बिषय समेटिएको पुस्तक पनि सार्बजनिक गरिएको छ ।

कार्यक्रममा सभामुख पूर्णबहादुर घर्तीले प्रदेश ५ को भौगोलिक अवस्था आफैमा बिशिष्ठ खालको भएको उल्लेख गर्दै उपलब्ध साधन स्रोतको उचित रुपमा उपयोग गरेर प्रदेशलाई मुलुककै नमूना प्रदेशको रुपमा विकास गर्नुपर्ने मा जोड दिए ।

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...