सरकारले बैंक खाता रोक्का गरिदिएपछि यातायात व्यवसायीले थापे यस्तो अत्तो, दोधारे कुरा गर्दै यातायात मन्त्री !



वैशाख २४ काठमाडौं, सरकारसँग सिण्डिकेट अन्त्य गर्ने सहमति गरेका यातायात व्यवसायीले गाडी दुर्घटना हुँदा घाइते यात्रुको उपचार खर्च नब्यहोर्ने बताएका छन् । उनीहरुले बैंक खाता फुकुवा नभएसम्म दुर्घटनामा घाइते भएका यात्रुहरुको उपचार गर्न नसक्ने बताएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले भने, ‘हाम्रो बैंक खाता रोक्का छ । दुर्घटनाका घाइतेको पनि उपचार गराउन सक्दैनौं ।’आफूहरुको काउन्टर बसपार्कबाट हटाइएकाले सडकबाटै सेवा सुचारु गर्नु पर्ने अवस्था आएको भन्दै उनले यसबाट उत्पन्न हुने असहजताका लागि सरकार जिम्मेवार हुने बताए ।

सरकारले सिण्डिकेटको समर्थन गर्दै सवारी बन्द गर्ने यातायात समितिहरुको रोक्का बैंक खाता फुकुवा गर्ने सहमति गरेको खुलासा भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीले आइतबार मध्यरातमा व्यवसायीहरुसँग वार्ता गरेका थिए । वार्तामा सिण्टिकेट तोड्नेसहितका सहमति भयो ।

तर, सहमतिबारे जानकारी दिन मन्त्रालयले राखेको संयुक्त पत्रकार सम्मेलनमा व्यवसायीले मन्त्रीको पोल खोले । मन्त्री रघुवीर महासेठले सिण्डिकेट अन्त्य गर्ने, दुर्घटनाबारे अध्ययन गर्न आयोग बनाउने, यातायात क्षेत्रको सुधारका लागि कार्यदल बनाउने र आन्दोलन फिर्ता लिने सहमति भएको बताए ।

 

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...