सशस्त्रका डिआइजीको सरुवामा चरम लापरबाही कसले झुक्यायो गृहमन्त्री र गृहसचिवलाई ?



२४ बैसाख । सशस्त्र प्रहरी बलले आइतबार राति गरेको ८ डिआईजीको सरुवा त्रुटिपूर्ण भेटिएको छ । गृह मन्त्रालयले गरेको मन्त्रिस्तरीय सरुवा त्रुटिपूर्ण रहेको खुलासा भएको छ ।

डिआइजीको सरुवामा गृहमन्त्री र गृहसचिवलाई पनि झुक्काउने काम भएको सशस्त्र प्रहरीका जानकार बताउँछन् । आइतबार साँझ गृह मन्त्रालयले गरेको सरुवामा डिआइजी सुरजकुमार श्रेष्ठ महानिरीक्षकको सचिवालयमा, बाबुराम पाण्डे मद्दती सेवा निर्देशनालयमा, खड्ग राई महानगरीय सशस्त्र प्रहरीको कार्यालयमा, बसन्तकुमार बाँनिया कार्य विभाग र मन्दिप श्रेष्ठलाई पूर्व क्षेत्रस्थित बराह बाहिनीको बाहिनीपतिमा सरुवा गरेको छ ।

त्यस्तै डिआइजी चिरञ्जीवि अधिकारी पश्चिम क्षेत्रस्थित मुक्तिनाथ बाहिनीको बाहिनीपतिमा, नगेन्द्र थापा सुदूरपश्चिमस्थित वैद्यनाथ बाहिनी र राजुराम सुवाललाई मध्यपश्चिमस्थित महेश्वरी बाहिनीको बाहिनीपतिको जिम्मेवारी दिइएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको सिफारिसमा गृह मन्त्रालयले गरेको सरुवा त्रुटिपूर्ण देखिएको सशस्त्र स्रोतले जानकारी नयाँपेज डटकममा खबर छापिएको छ  ।

सशस्त्र प्रहरीको प्रवक्ता समेत रहेका डिआइजी बाबुराम पाण्डेलाई मद्दती सेवा निर्देशनालयमा सरुवा गरिएको छ । जबकी सशस्त्रमा उक्त निर्देशनालयमा डिआइजीको दरबन्दी नै छैन् । सशस्त्रमा उक्त निर्देशनालयको प्रमुख एसएसपी रहने व्यवस्था छ । यसअघि डिआइजी खडानन्द चौधरीलाई उक्त निर्देशनालयमा खटाइएको थियो । हाल उनी एआइजीमा बढुवा भइसकेका छन् । डिआइजी पाण्डेलाई बढुवा खाली भन्दै उनलाई उक्त निर्देशनालयको प्रमुख बनाइए पनि उनको सरुवा भने नियमले अवैधानिक देखिने स्रोतले जनाएको छ ।

सशस्त्रमा हाल सीमा विभागमा दुई जना डिआइजी र कार्य विभागमा एक जना डिआइजीको दरबन्दी खाली हुँदाहुँदै पाण्डेलाई मद्दती सेवा निर्देशनालयमा सरुवा गरेपछि सशस्त्रमा चर्चाको विषय बनेको छ । ‘विभागमा दरबन्दी खाली हुँदाहँुंदै दरबन्दी नै नभएको ठाउँमा सरुवा सिफारिस गर्नु नेतृत्वको कमजोरी देखिएको एक सशस्त्रका जानकार बताउँछन् ।

 

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...