यी हुन राष्ट्रपति बिद्यादेबी भण्डारीबाट सम्मानित हुने ५ पत्रकार, हेर्नुस को को परे ?



बैशाख २४, काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय पत्रकारिता दिवस, २०७५’ को अवसरमा पाँचजना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको छ । दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलद्वारा राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले सो सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गर्ने यस वर्षको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा महेन्द्र विष्ट र डा राजेश झा ‘अहिराज’लाई प्रदान गर्नुभयो । निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताको माध्यमबाट राष्ट्रिय हितको प्रवद्र्धन र जनतालाई सुसुचित गराउने महत्वपूर्ण कार्यमा सहयोग पुऱ्याएबापत जनही दुई लाख राशिसहितको सो पुरस्कार प्रदान गरिएको हो ।

त्यसैगरी ‘वरिष्ठ पत्रकार सम्मान’बाट बबिता बस्नेत, पत्रकारद्वय कौशल चेम्जोङ र मीनबहादुर बुढाथोकीलाई सम्मान गरिएको छ । पुरस्कारको राशि जनही दुई लाख रहेको छ ।

मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको नेतृत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिलका कावा अध्यक्ष किशोर श्रेष्ठ, सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्मा, पत्रकारद्वय शम्भु श्रेष्ठ, रघु मैनालीसहितको निर्णायक मण्डलले पुरस्कार छनोट गरेको हो ।

सोही अवसरमा राष्ट्रपति भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरी त्यसलाई संस्थागत गर्न पत्रकार र आमसञ्चार जगत्ले निर्वाह गरेको भूमिकाको उच्च सम्मान गर्न चाहन्छु भन्नुभयो । ‘मुलुकको सार्वभौम सत्ता, अखण्डता, राष्ट्रिय एकता सुदृढ बनाउन तथा जातीय, भाषिक, धार्मिक र सांस्कृतिक विभेदलाई हटाउँदै आपसमा मेलमिलाप सद्भाव, सम्मान हुने वातावरण सिर्जना गर्नसमेत पत्रकारिता र सञ्चारमाध्यमको भूमिका अहम् रहन्छ’, राष्ट्रपति भण्डारीले भन्नुभयो ।

राष्ट्रपति भण्डारीले मुलुकको विकासमा केन्द्रित भई आर्थिक समृद्धि हासिल गर्नुपर्ने अबको दायित्व रहेको सन्दर्भमा राज्यको चौथो अङ्गका रुपमा रहेको सञ्चार जगत् गम्भीर बनेर राष्ट्रिय लक्ष्य हासिल गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय संकल्पलाई साकार पार्न अन्य क्षेत्रले झैँ पत्रकार र आमसञ्चार जगत् पनि अग्रसर बन्नु पर्ने उहाँको भनाइ थियो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानले नेपाली नागरिकलाई विभिन्न मौलिक हकको व्यवस्था गरेअनुसार सूचना र सञ्चारको हकको व्यावहारिक कार्यान्वयनका लागि स्वच्छ, निष्पक्ष, निर्भिक र व्यावसायिक, जवाफदेही र उत्तरदायी पत्रकारिताको आवश्यकता पर्ने बताउनुभयो ।

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...