यति खतरनाक योजनाका साथ बनेको रैछ श्रीनिवासलाई गोलि हान्ने योजना, यसरी बच्यो धार्मिक हिंसा र सदभाब बिथोलिन बाट बिराटनगर !



चैत २५ मा दक्षिणी बिराटनगरको जतुवमा भएको एउटा गोलीकान्ड नाटकीय भएको पुष्टि भएको छ।प्रहरीले आफ्नै शिष्यलाई पेस्तोल थमाएर आफैँलाई गोली प्रहार गर्न लगाउने श्रीनिवासआचार्यलाई सोमबार पक्राउ गरेको छ।

अपत्यारिलो किसिमको यो घटना किन गराइयो त ? ‘अहिलेसम्मको अनुसन्धानले धार्मिक हिंसा भड्काउने उद्देश्य देखिन्छ’, अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भन्छन्।

गत चैत २५ गते राति १ः४५ बजे विराटनगरमा श्रीनिवासआचार्यमाथि गोली प्रहार भएको थियो। हिन्दू धर्मगुरुमाथि भएको भनिएको गोलीकान्डको प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गर्दै दुई जनालाई पक्राउ गरेको थियो काठमाडौंमा पक्राउ परेका निवाचार्यलाई प्रहरीले सोमवार विराटनगर ल्याएको छ।

गुरुकै योजनामा गोली हान्ने र पेस्तोल उपलब्ध गराउने दुई युवालाई पक्राउ गरेर मोरङ प्रहरीले सोमबार सार्वजनिक गरेको छ। विराटनगर महानगरपालिका–१४ स्थित जतुवामा रहेको श्री रामजानकी मन्दिर परिसरमा लाग्ने श्रीमदभागवत सप्ताह पुराणका लागि उनी विराटनगर आएका थिए। बाराको सिमरा उपमहानगरपालिका–३ घर भई हाल सुनसरीको बराह नगरपालिका–६ स्थित चक्रघट्टीमा उनको लक्ष्मी बैंकटेशको आश्रममा छ।

गोली प्रहार गर्ने चितवनको साविक भरतपुर महानगरपालिका ४ बेलचोकका २९ वर्षीय माधव चौधरी र नवलपरासी गैंडाकोट नगरपालिका ५ का ३२ वर्षीय खान र सन्तोश भनिने लक्ष्मीराज अधिकारी पक्राउ परेका छन्। चौधरीले गोली प्रहार गरेको र अधिकारीले चौधरीलाई गोली र पेस्तोल उपलब्ध गराएको प्रहरी अनुसन्धानले देखाएको छ।

दुवै जनाविरुद्ध बैशाख २० गतेबाट लागू हुने गरी जिल्ला अदालत मोरङबाट ज्यान मार्ने उद्योग मुद्दा चलाउन ७ दिनको म्याद थप गरेर बाँकी अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताए।

गुरुकै योजनामा अधिकारीले पेस्तोल उपलब्ध गराएपछि चौधरीले गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको एसएसपी बिसीले बताए। ‘गुरुलाई कुन मुद्दा चलाउने भनेर सरकारी वकिल कार्यालयसँग समन्वय भइरहेको छ’, उनले भने।

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...