चलचित्र झमक बहादुरको ट्रेलर सार्वजनिक, नवराज सिलवालले गरे निर्माताको प्रशंसा



सुनौलो नेपाल – चलचित्र झमक बहादुरको ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँको दरवारमार्ग स्थित  राइजिङमलमा चलचित्र ‘झमक बहादुर’को सोमबार ट्रेलर सार्वजनिक गरीएको हो ।

हास्य विधामा निर्माण गरीएको चलचित्र झमक बहादुरको ट्रेलर सार्वजनिक हुँदा सांसद नवराज सिलवाल प्रमुख अतिथि बनेर हलमा पुगेका थिए ।

ट्रेलर हेरेपछि प्रतिक्रिया दिदै उनले फिल्म उत्कृष्ट बनेको भन्दै निर्माता निर्देशकको प्रशंसा गरे सधै एउटा अनुहार मात्र दोहोर्याउने परम्परा तोड्न सफल भएको भन्दै निर्माता टीमलाई उनले बधाई दिए । त्यस्तै नेपाली फिल्म निर्माता निर्देशक कलाकार र फिल्म क्षेत्रमा काम गर्ने सबैको भबिष्य उज्वल रहेको बताए ।

झमक बहादुर निर्देशक भोमन कटुवाल र निर्माता मिनकुमार तामाङको पहिलो  चलचित्र पनि हो। चलचित्रमा शारीरिक रुपमा फरक क्षमता भएका कलाकारको भूमिका देख्‍न सकिन्छ।

राजु किरात राईको द्वन्द्व निर्देशनमा बनेको चलचित्रमा द्वन्द्व र हाँसोको समिश्रण भएको चलचित्र हो। चलचित्रमा अनुपविक्रम शाही, यादव देवकोटा, राजु कमेडी, सुजाता थापा, कल्याण अधिकारी कोनिका घिमिरे लगायत बालकलाकार जेशिका घिमिरे र दिलिशा गुरुङ रहेका छन्।

यूवी फिल्मस् ग्यालरी, दियालो इन्टरटेन्टमेन्टको प्रस्तुती झमकबहादुरको ‘आमैले भन्थे धाराको पानीको रिमेक’ पहिला नै सार्वजनिक भइसकेको छ।

यस्तो छ ट्रेलर 

Related posts
गृहमन्त्री थापाले कारवाही गर्न दिएको निर्देशनको अवज्ञा, कारवाही रोक्न अर्का मन्त्रीको दबाब

दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि गृहमन्त्री...

गोरेसंगको ६ पृष्ठ लामो बयानले थप रहस्य खुल्दै, के के भयो हिजो ?

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग...

आइपिएल खेलेर नेपाल फर्किन नपाउदै सन्दीपले पाए यति ठुलो उपहार

काठमाडौं- टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड...

अदालतमा गोरेको बयान: म ठूलो तस्कर होइन, मानवअधिकारवादीको रोहबरमा हिरासतमा बस्न पाउँ !

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले आफूमाथि...

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सद्वारा सन्यासको घोषणा !

काठमाडौँ, दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।...