मोदीको नेपाल भ्रमणमा जनकपुरसंग जोडिने भनेको केहो रामायण सर्किट ?



त्रेता युगमा भगवान रामको र सीताको जन्म तथा वैवाहिक सम्बन्ध जोडिएका स्थानलाई एउटै मार्गमा जोड्ने अवधारणा नै रामायण सर्किट हो। भारतको पर्यटन मन्त्रालयले त्यहाँका १५ धार्मिकस्थल जोड्ने रामायण सर्किटको अवधारणा ल्याए पनि यो अझ परिष्कृत भएर नेपालको जनकपुर र श्रीलंकाका धार्मिकस्थल पनि एउटै मार्गमा जोडिने भएका छन्।

सीतासँग विवाह गर्न भारतको अयोध्याबाट राम जनकपुर आउँदा र विवाहपश्चात अयोध्या फर्किएपछि वनवासको क्रममा सीताहरण भई श्रीलंका लगिएको रामायणमा उल्लेख भएअनुसार ती सबै स्थानलाई एक गरी धार्मिक तीर्थस्थलका रूपमा विकास गर्न रामायण सर्किट महŒवपूर्ण मानिएको छ। आजको अन्नपूर्ण पोष्टले छापेको छ

सन् २०१४ मा मोदीको नेपाल भ्रमणमा जनकपुर र अयोध्या जोड्न ट्विन सिटी सम्झौता भएको थियो। सोही सम्झौतालाई अहिले रामायण सर्किटअन्तर्गत विस्तार गर्न लागिएको हो। सर्किटअन्तर्गत भारत र नेपालमा पर्ने उत्तर प्रदेशको अयोध्या, बिहारको सीतामढी, बक्सर र दरभंगा, मध्यप्रदेशको चित्रकुट, पश्चिम बंगालको नन्दीग्राम, उडिसाको महेन्द्रगिरि, छत्तिसगढको जगदलपुर, तेलंगानाको भद्राचलम्, तमिलनाडुको रामेश्वरम्, कर्नाटकको हम्पी, महाराष्ट्रको नासिक र नेपालको जनकपुर जोड्ने तयारी छ।

यो मार्गमा पर्ने सहरमा पूर्वाधार निर्माण गरी धार्मिक रूपमा विश्वस्तरमा पर्यटन प्रवद्र्धन गरिनेछ।

Related posts
गृहमन्त्री थापाले कारवाही गर्न दिएको निर्देशनको अवज्ञा, कारवाही रोक्न अर्का मन्त्रीको दबाब

दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि गृहमन्त्री...

गोरेसंगको ६ पृष्ठ लामो बयानले थप रहस्य खुल्दै, के के भयो हिजो ?

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग...

आइपिएल खेलेर नेपाल फर्किन नपाउदै सन्दीपले पाए यति ठुलो उपहार

काठमाडौं- टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड...

अदालतमा गोरेको बयान: म ठूलो तस्कर होइन, मानवअधिकारवादीको रोहबरमा हिरासतमा बस्न पाउँ !

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले आफूमाथि...

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सद्वारा सन्यासको घोषणा !

काठमाडौँ, दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।...