नेपालकै कारण फेल भयो मोदीको पोखरामा बास बस्ने योजना, यसकारण पोखरामा बस्न दिईएन मोदीलाई



तेस्रोपटक नेपाल भ्रमणमा आउने तयारीमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसपटक पोखरामा बास बस्ने योजनामा हुनुहुन्थ्यो। तर, नेपाली पक्षको जोडबलका कारण उहाँको त्यो रहर अपुरो रहने भएको छ।

छिनछिनमा परिवर्तन भइरहने मौसम र पोखराको सुरक्षा प्रबन्धबारे नेपालले अडान लिएपछि पोखरामा बास बस्ने मोदीको योजना हेरफेर भएको हो। ‘भारतीय पक्षले बास बस्नका लागि पोखरा प्रस्ताव गरेको थियो, सायद मोदीकै इच्छाअनुसार त्यस्तो प्रस्ताव आएको हुनुपर्छ।’ –परराष्ट्र मन्त्रालयका एक अधिकारीले नेपाल समाचारपत्रसँग भने।

नेपालले व्यावहारिक पक्षबारे भारतीय पक्षलाई प्रस्ट्याएपछि मोदी काठमाडौंको बौद्धस्थित हायात होटलमा बास बस्दै हुनुहुन्छ। आगामी शुक्रबार भारतको विहार हुँदै सोझै जनकपुर पुग्ने मोदी त्यहाँको धार्मिक र अन्य कार्यक्रममा सहभागी भएर काठमाडौं आउने र फेरि साँझ पोखरा पुग्ने भारतले प्रस्ताव गरेको थियो।

भारतीय प्रधानमन्त्री मोदी पोखरा बस्ने योजनाबारे जिज्ञाशा राख्दा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले त्यसबारे आफूले कुनै जानकारी नपाएको बताउनुभयो। ‘मैले त्यस्तो खबर सुनेको छैन, अनौपचारिक गतिविधिबारे म ‘अपडेट’ हुन पाएको छैन।’ –उहाँले भन्नुभयो। मोदी आगामी शुक्रबार भारतको विहारस्थित पटना विमानस्थल हुँदै जनकपुर पुग्नुहुनेछ। पटना विमानस्थलसम्म भारतीय एयर फोर्सको विशेष विमान र त्यहाँबाट भारतीय सैन्य हेलिकोप्टरबाट उहाँ सोझै जनकपुर पुग्ने कार्यतालिका तय भएको छ।,यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...