बिरामी डा. उपेन्द्र देवकोटाले अस्पतालको शैयाबाट गोविन्द केसीलाई यस्तो भनेपछि………



काठमाडौं- पित्तनलीको क्यान्सरका कारण मृत्युसँग संघर्ष गरिरहेका न्यूरो सर्जन डा उपेन्द्र देवकोटालाई चिकित्सा शिक्षा अभियन्ता डा गोविन्द केसीले भेटेका छन्। सोमबार दिउँसो डा केसीले न्यूरो अस्पताल पुगेर डा देवकोटालाई भेटेका हुन्।
डा देवकोटालाई भेट्न डा केसीसँग डा वाइपी सिंह र अभिषेकराज सिंह पनि गएका थिए। उनीहरु तीनै जनासँग डा देवकोटाले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका विषयमा लामो छलफल गरेका थिए।

छलफलका क्रममा डा देवकोटाले डा केसीको माग अनुसार नै सरकारले गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको र उक्त आयोगको सदस्यका रुपमा आफूले काम गर्न पाएको बताएका थिए।

डा देवकोटाले आयोगले चिकित्सा शिक्षाका क्षेत्रमा भएका विकृति र अनियमितताका विषयमा निकै मिहिनेत गरेर छानबिन गरेर प्रतिवेदन तयार पारेको र त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिएको भेटमा सहभागी डा सिंहले जानकारी दिए।

‘डा देवकोटाले इतिहासले आयोगको सदस्यका रुपमा आफूलाई काम गर्ने मौका दिएकाले धेरै मिहिनेतका साथ काम गरेको बताउनुभयो’, डा सिंहले भने, ‘उहाँले गुणस्तरीय स्वास्थ्य सेवाका लागि डा केसीले उठाएका विषयलाई सरकारले कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिनुभएको छ।’

छलफलका क्रममा डा देवकोटाले डा केसीसहितको टोलीले चिकित्सा शिक्षा सुधारका लागि रोजेको बाटो कठिन भएको र यसमा थुप्रै अवरोध आउनसक्ने पनि बताएको डा सिंहले जानकारी दिए।

‘चिकित्सा शिक्षा सुधारका लागि डाक्टरसाबहरुले रोजेको बाटो एकदमै कठिन छ, तर सुधारका लागि कसै न कसैले हिँड्नैपर्छ, तसर्थ डाक्टर साबहरुले नछाड्नुहोला’, डा देवकोटाको भनाइ उद्धृत गर्दै डा सिंहले भने।

 

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...