आफैँलाई गोली हान्न लगाउने श्रीनिवासलाई कारबाही गर्नै अफ्ठ्यारो, पक्राउ गरे पछि पनि प्रहरीलाई पर्यो यस्तो आपत !



बैशाख २५ काठमाडौं,आफैँलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवासलाई कारबाही गर्नका लागि कानुनकै अभाव हुने देखिएको छ। मोरङ प्रहरीले श्रीनिवासलाई सोमबार काठमाडौंबाट पक्राउ गरेको थियो। आचार्यमाथि २५ चैतमा मोरङको जानकी मन्दिरमा गोली प्रहार भएको थियो। उनलाई गोली हानेको आरोपमा माधव चौधरी र लक्ष्मी अधिकारीलाई प्रहरीले यसभन्दा अघि नै पक्राउ गरेको थियो। प्रक्राउ परेकाहरूसँग अनुसन्धान गर्दै जाँदा श्रीनिवास आफैँले गोली हान्न लगाएको प्रहरी अनुसन्धानमा फेला परेको हो।

आफैँलाई गोली हान्न लगाएको आरोपमा प्रहरीलाई श्रीनिवासलाई काठमाडौंबाट समाएको छ। उनीमाथि अहिले अनुसन्धान भइरहेको छ। आफैँलाई गोली हान्न लगाएर दंगा भड्काउने कोसिस गर्ने श्रीनिवासमाथि कुन कानुन लगाएर मुद्दा चलाउने भन्नेमा समस्या देखिएको छ। आफैँलाई गोली हान्न लगाउनेमाथि कस्तो कानुन लगाउने भन्ने अवस्था नेपाली कानुनमा स्पष्ट छैन। मोरङका डिएसपी निशान्त थापाले अहिलेसम्म कुन कानुन लगाएर कारबाही गर्ने भन्ने विषयमा टुंगोमा नपुगिएको बताए। ‘अलिकति कानुनी जटिलता हुन्छ जस्तो देखिन्छ,’ उनले भने, ‘अहिले अनुसन्धानकै क्रममा छौँ, सरकारी वकिलसँग छलफल गरेपछि केही निकास निस्किएला।’

उनलाई गोली हानिएको घटनाको मुद्दा कर्तव्‍ य ज्यानमा गइसकेकोले श्रीनिवासलाई पनि सोही मुद्दामा जोडेर लैजाने कि भन्ने बारेमा प्रहरीले गृहकार्य गरिरहेको छ। स्पष्ट कानुनी व्यवस्था नहुँदा प्रहरीलाई समस्या भएको हो। कानुनले यस्तो घटनाका विषयमा कल्पना नगरेको भए पनि कुनै न कुनै कानुन लगाएर श्रीनिवासमाथि कारबाही हुन सक्ने अधिवक्ता दिनेश त्रिपाठीले बताए।

‘कहिलेकाहीँ तथ्य कल्पनाभन्दा पनि टाढा हुन्छ भनिन्छ, यो घटना त्यस्तै हो,’ त्रिपाठीले भने, ‘कसैले आफैलाई गोली हान्न लगाउला भनेर कानुनले कहिल्यै कल्पना गरेको थिएन, तर कुनै कानुन समाएर कारबाही गर्न सकिन्छ।’ उनले श्रीनिवासमाथिको कारबाही कर्तब्य ज्यानमा जान नसक्ने बताए। बरु संगठित अपराध, षड्यन्त्र, दंगा भड्काउने, सामाजिक सद्भाव खल्बलाउने लगायतका कानुन समाएर कारबाही गर्दा सजिलो हुन सक्ने उनले बताए। ‘प्रहरीले अनुसन्धान गरिरहेको छ, अझै केही विषय पक्कै खुल्नेछन्,’ उनले भने, ‘खासमा अहिले नै यो कानुन लाग्छ भन्न सकिँदैन।’ त्रिपाठीले यस्तो घटना नेपालमा पहिलो पटक घटेको समेत बताए। कानुनी जटिलता भएपनि कुनै न कुनै कानुन समाउन सकिने उनले बताए।

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...