को हुन् एक करोड ८५ लाख रुपैयाँ तलब पड्काउने गरी जागीर शुरु गरेकी शर्मा ?



सुनौलो नेपाल – भारतको बिहारको राजधानी पटनामा जन्मेकी मधुमिता शर्मा अहिले भारतमा सर्वाधिक चर्चामा छन् । कारण उनी विश्वकै सर्वाधिक खोजी हुने सर्च इन्जिन गुगलले वार्षिक एक करोड ८५ लाख रुपैयाँ तिर्नेगरी कम्पनीमा भित्र्याएकाे छ।

उमेरले २५ वर्ष  पुगेकी उनलाई  निकै अाकर्षक  तलब सुबिधा सहित गुगलले भित्राएपछी  उनको चर्चा सर्वाधिक हुन् थालेको छ । नेपाल, भारत वा दक्षिण एशियामा याे उमेरका केटीहरूले याे तलब कल्पनासम्म गर्न गाह्राे पर्छ।

सोमबार उनलाई उक्त तलब प्याकेजमा गुगलले स्विट्जरल्यान्डकाे जुरिखस्थित कार्यालयमा टेक्निकल सोलुसन इन्जिनियरको रुपमा नियुक्त गरेको हो। गुगलमा काम सुरु गर्नुअघि उनी बेङ्गलुरुमा एपीजी कम्पनीमा थिइन्। उनका पिता सुरेन्द्रकुमार शर्माकाअनुसार पछिल्ला दिनहरुमा मधुमितालाई अम्याजन, माइक्रोसफ्ट एवं मर्सिडिजसहितका कम्पनीहरुले अफर गरेका थिए।

सुरुमा उनलाई इन्जिनियरिङ पढाउन तयार थिएन। आज उनी छोरीको सफलताको उत्सव मनाइरहेका छन्। ‘सुरुमा मैले भनेको थिएँ इन्जिनियरिङको फिल्ड केटीहरुका लागि होइन। पछि धेरै केटीहरु यो फिल्डको अध्ययनमा भएकाे देखेँ र तत्कालै भर्ना गरिदिएँ उनका बाबु अहिले भन्छन  ।’

मधुमिता शर्मा

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...