जापानी प्रधानमन्त्रीलाई इजराइलमा जुत्तामा खाना दिएपछि……..



२५ बैसाख । जापानका प्रधानमन्त्री शिंजो आबे र उनकी श्रीमतीले इजराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहू र उनकी श्रीमती सारा नेतन्याहूसँग २ मेमा इजराइलका प्रधानमन्त्रीको सरकारी निवासमा आयोजना गरेको डिनरमा डेजर्ट ‘जुत्ता’ मा खाना पस्किइयो ।

इजराइलका सेलिब्रिटी शेफ मोशे सेगेव (जो प्रधानमन्त्रीका निजी शेफ हुन्) ले शानदार डिनरको अन्त्यमा डेजर्टका रुपमा चर्चित चकलेट धातुबाट निर्मित ‘जुत्ता’ मा आना पस्किए । जापानी संस्कृतिमा जुत्तालाई निकै अपमानजकन मानिन्छ ।

जापानी प्रधानमन्त्री आबेले जुत्तामा पस्किएको डेजर्टलाई बिना हिचकिचाहट खाए । तर, जापानी र इजराइलको राजनीतिमा यसलाई राम्रो रुपमा लिइएको छैन् । जापानलाई नजिकबाट नियाली रहेका विश्लेषक पनि जापानी प्रधानमन्त्रीलाई जुत्तामा खाना दिएको देखेर छक्क परेका छन् । जापानमा लामो समयसम्म काम गरेका एक वरिष्ठ राजनीतिज्ञले इजरायली पत्रिका येदियोत अहरानोतसँग भने, ‘यो एउटा असंवेदनशील र गैरजिम्मेवारपूर्ण निर्णय हो ।’

उनले भने, ‘जापानी सँस्कृतिमा जुत्ता भन्दा तुच्छ वस्तु अरु केही पनि हुँदैन । जापानमा आफ्नो घरमा मात्रै होइन, कार्यलयमा समेत जुत्ता बाहिरै खोलेर जानुपर्छ । कतिसम्म भने प्रधानमन्त्री र अन्य मन्त्री तथा सांसद पनि आफ्नो कार्यकक्षमा जुत्ता खोलेर मात्रै जान्छन् । यो त्यस्तो काम भयो, कुनै यहुदी पाहुनालाई सुँगुरको अनुहारमा खाना पस्किए जस्तै हो ।’ एक जापानी राजनीतिज्ञले यदियोतसँग भने, ‘कुनै पनि संस्कृतिमा जुत्तालाई टेवलमा राखिँदैन ।

आखिर त्यो शेफको दिमागमा के चलेको थियो? यदि त्यो रमाइलो गरिएको थियो भने त्यो हामीलाई राम्रो लागेन । हामी हाम्रा प्रधानमन्त्रीलाई गरिएको यस प्रकारको व्यवहारबाट दुःखी छौं ।’
शेफ सेगेवले आफ्नो सामाजिक सञ्जालमा डिनरमा दिएका तस्बीर पोस्ट गरेका छन्, जसमा जुत्तामा राखिएको डिजर्ट पनि सामेल छ । एक सामाजिक सञ्जाल प्रयोगकर्ताले तस्बीर माथि टिप्पणी गर्दै लेखेका छन्, ‘तपाईले सबैभन्दा ठूलो गल्ती गर्नु भयो ।’

अर्का एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘यो देशले यो कुरालाई कहिल्यै पनि बिर्सिन सक्दैन । सेगेव म तिमीलाई किनै माया गर्थे । तर, तिमीले हामीलाई लज्जित बनायौ ।’ कयौं पुरस्कार जितेका शेफ सेगेव इजराइलका रेस्टुराँ प्रमुख हुन् । उनले कयौं किताब लेखेका छन् र उनी टिभी सेलिब्रिटी पनि हुन् । उनी इआई एमआई एयरलाइन्सका मुख्य शेफ पनि हुन् । बीबीसी

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...