भारतीय दूतावासबाट सिधै नेपालमा लगानी गर्न नपाउने



काठमाडौं : : साना लगानीका परियोजनामा भारतीय दूतावासबाट सिधै नेपालमा लगानी गर्न पाउने प्रावधानलाई सरकारले नविकरण नगर्ने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपाली पक्षले विगतमा रहँदै आएको यस्तो प्रवाधानमा नेपाल अब सहमत हुन नसक्ने प्रष्टै जवाफ भारतीय पक्षलाई दिने भएको छ ।

प्रधानमन्त्री केपी ओलीले मोदी भ्रमणको पूर्वसन्ध्यामा पूर्वपरराष्ट्रमन्त्रीसँग गरेको छलफलमा आफू अब त्यस्ता परियोजना नविकरणको पक्षमा नरहेको प्रष्ट बताएका हुन् ।

‘स्मल ग्रान्डेड प्रोजेक्ट रिन्यु नगर्न हामीले प्रधानमन्त्रीलाई सुझाव दिएका छौंं’, पूर्वपरराष्ट्रमन्त्री समेत रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अन्नपूर्णसँग भने, ‘उहाँले अब यस्ता प्रोजेक्ट कुनै पनि हालतमा रिन्यु नगर्ने प्रतिवद्धता जनाउनु भएको छ ।’ यो खबर आजको अन्नपूर्ण पोष्टले छापेको छ ।

सिधै दूतावासमार्फत नेपालका साना परियोजनामा लगानी गर्न पाउने यस्तो प्रावधान २०७४ साउन २१ यता निक्रिष्य छ । भारतीय पक्षले मोदीको यो भ्रमणमा नविकरणका लागि आग्रह गर्न सक्ने भएपनि नेपालले नविकरणमा साथ नदिने स्पष्ट बताइसकेको छ ।

पूर्वपरराष्ट्रमन्त्री तथा एमाले नेता महेन्द्र पाण्डेले पनि अब त्यस्ता साना लगानीका परियोजनामा दूतावासले लगानी गर्न पाउने प्रावधानलाई नेपालले अस्वीकार गर्ने कुरा प्रधानमन्त्रीले जानकारी गराएको बताए ।

‘प्रधानमन्त्रीले सिधै भन्नुभएको छ, साना लगानीका परियोजनामा सिधै दूतावासबाट हुने लगानीमा नेपालले साथ दिँदैन, यसको नविकरण नेपालले गर्दैन’, पाण्डेले अन्नपूर्णसँग भने ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको पालादेखि भारतले दूतावासमार्फत सिधै लगानी गर्न पाउने गरी साना लगानीको परियोजना नेपालमा सञ्चालन गर्दै आएको थियो । २ करोडसम्मका लगानीमा दूतावासले स्वेच्छाले लगानी गर्न पाउँथे । पछि डा.बाबुारम भट्टराईको प्रधानमन्त्री कालमा २ करोडबाट बढाएर ५ करोडसम्म लगानी गर्न पाउने गरी झन् खुकुलो पारिएको थियो ।

दूतावासबाट सिधै गरिने लगानीको नेपालमा विरोध हुँदै आएको छ । तर पनि २०७४ मंसिर १४ को मन्त्रिपरिषद्को बैठकले निष्किय रहेको प्रावधानलाई नविकरण गर्ने निर्णय गरेको थियो ।

पूर्वपरराष्ट्रमन्त्रीले विराटनगरको फिल्ड अफिस बन्द गर्नुपर्ने, डुवान समस्या, पावर टे«डलगायतका विषयमा पनि कुरा उठाउन सुझाव दिएका छन् ।

‘विराटनगरको फिल्ड अफिस तुरुन्त बन्द गराउन मोदीको भ्रमणका क्रममा कुरा उठाउनुहोस्, त्यस्तै डुवान समस्या समाधान गर्ने कुरा, पावर टे«डमा सम्झौता एकातिर र भारतीय पक्षको नियमावली अर्काेतिर छ, यस विषयमा पनि कुरा गर्न हामीले प्रधानमन्त्रीसँग औपचारिक वार्ताका एजेण्डा बनाउन भनेका छौं’, माओवादी नेता श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणकै क्रममा पनि वान टु वान छलफलमा कुरा भएको बताउनुभएको छ, अहिले पनि उठाउने बताउनुभएको छ ।’

पुराना सन्धि सम्झौताको कार्यान्वयनमा पनि नेपाली पक्षले ढृढतापूर्वक कुरा उठाउनु पर्नेमा केही परराष्ट्रमन्त्रीको सझुाव थियो । उनीहरूले आयोजना होल्ड मात्र गर्ने गरी भएका सम्झौताका विषयमा खरो हुन प्रधानमन्त्रीलाई आग्रह गरेको पूर्वपरराष्ट्रमन्त्री पाण्डेको भनाइ थियो ।

‘प्रधानमन्त्रीको भारत भ्रमण भएका सम्झौता कार्यान्वयनमा जोड दिनुप¥यो, भारतले होल्ड गरेका आयोजना बनाउने हो भने बनाउनु प¥यो, नबनाउने हो भने बनाउदिन भन्नुप¥यो’, पाण्डेले भने, ‘यसमा होल्ड गर्नुभएन ।

मोदीको नेपाल भ्रमणका क्रममा रामायाण सर्किट, जनकपुर–आयोध्याको रेल, लगायतका विषयमा मात्र सहमति हुने प्रधानमन्त्रीले जानकारी गराएका थिए । त्यस अवसरमा पूर्वपरराष्टमन्त्रीहरूले भने रामायण सर्किटसँगै बुद्धिष्ट सर्किटका विषयमा पनि मोदीसँग छलफलका क्रममा कुरा उठाउन आग्रह गरेको पूर्वपरराष्टमन्त्री पाण्डेले बताए ।

‘रामायण सर्किटमा हस्ताक्षर गर्ने कुरा आएको छ । रामायाण सर्किटमा हस्ताक्षर गर्दा बुुद्धिष्ट सर्किटलाई नजरअन्दाज गर्न सकिँदैन, यसलाई पनि सँगै लैजानुपर्छ’, पाण्डेले भने ।

संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठले भने नेपालको परराष्ट्र नीति राष्ट्रको हित र जनताको समृद्धिमा केन्द्रित हुने गरी मोदीसँगको छलफलका क्रममा एजेण्डा उठाउनु पर्नेमा आफूहरूले सुझाव दिएको बताएका थिए ।

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...