मोदी महाराजको पाउ पक्डेर पानी पिउनु नि बरु पुज्नु नै पर्ने भए…



सुनौलो नेपाल\काठमाडौँ – समाचार सुनेर साँच्ची  हृदयको राष्ट्रभक्ति दुखेर यो सेयर गरेको हु अनुहार हेरेर आँखा सेक्न चाहनेले यो  हेर्न अनिवार्य छैन जसलाई मन पर्दैन उसले शसक्त गाली दिनुहोला जसलाई मन पर्छ उसले सेयर गर्नुहोला बैसाख  २८ गते मोदी महाराजको सवारी हुदै छ  समाचार सुन्नु पनि भयो होला हेर्नु पनि भयो होला

जनकपुरका मेयर देखि दुई नम्बरका महामहिम मुख्यमन्त्रीसम्म कुचो लिएर सडकमा निस्केका छन  हिजो लालबाबु पण्डितले सरसफाई गर भन्दा कोट र टाई ले छेक्यो केपी खनालले काठमाडौँ सरसफाई गर्दा ओठे हरुले कहिले अगुवाई गर्ने हिम्मत गरेनन तर आज कुचो लिएर निस्केका छन् मालिका सवारी हुने बेला त कोट र टाईले  नछेक्ने रहेछ जनकपुरधाम देखि १२ बिगाहासम्मको सडक अनि मुक्तिनाथ देखि  जनकपुर जहाँ  हजारौ  जान्छन  पर्यटक जान्छन असरल्ल थुप्रेको फोहोर अलपत्र वाताबरण तिनका आखाले देखेन आज माहाराज आउने बेला तिनका आखा च्यातिए

स्वागतको तयारी सुरक्षाकर्मीको टोली आईपुगेको छ ४१ जना स्पेसल प्रोटेक्सन टीम दिल्लीबाट गृहमन्त्री लज्जित हुनुपर्ने होइन देशको बेईज्वत होइन यो अनि अहिले बोक्रे राष्ट्रबादीहरु थुइक्क चुनाव जिते चुडकिला सुनाए राष्टवादका गहकिला गहकिला भाषण सुनाए बालुवाटार पुग्ने बित्तिकै दिल्लीको दौड लाज लाग्दैन यिनीहरुलाई गोबिन्द गौतमलाई गोली हान्नेको  अत्तोपतो छैन आजसम्म उनको परिवारसंग कसरी आँखा जुधाउछन उनीहरुले

तपाईहरुले सुन्नुनै भएको होला प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको उर्दी मोदी महाराजको सवारी हुदाँ घर घरबाट पुजाको कलास लिएर निस्कनु पर्ने रे पाउ पक्डेर पानी पिउनु नि बरु पुज्नु नै पर्ने भएपछी त मोदीको सवारी हुदा बिकास सरसफाई मोदीको भ्रमण हुदैमा मुक्तिनाथ र जनकपुर्को कायापलट हुने हो भने बरु ७७ वटै जिल्ला घुमाईदेउ पुरै राष्ट्र नै सरसफाई हुन्छ अझै राष्ट्र नै जिम्मा लगाईदेउ पुजाको कलश लिएर निस्कनुपर्ने ज्ञानेन्द्र शाहको अभिनन्दनमा पनि यस्तो उर्दी आजसम्म मैले सुनेको सम्झना छैन मलाई

यो पाहुना मात्रै होइन  यो त्यो मान्छे हो मैले जानेसम्म नेपालको भजन यो मान्छेले जति कुनै भारतीय प्रधानमन्त्रीले आजसम्म कसैले गाएन तर यो मान्छेले जति नेपालीलाई कसैले दुख दिएन केपी ओलीलाई फोन गरेर बधाई दिएर सम्बन्ध सुध्रिन्छ कि औसधी नपाएर ओछ्यानमा ऐठन परेका बिरामीलाई माफी मागेर सम्बन्ध सुधिन्छ

दीपावलीमा भएको नाकाबन्दी पेट्रोल देखि औसधीसम्मको हाहाकार यतिछिटो बिर्सेको कति काचो मन नेपालीको प्रदेस नम्बर दुईमा बिदा रे जनकपुरमा महाराजको सवारी हुदैछ प्रदेश दुईका आठै जिल्ला बिदा दिनुपर्ने रे देशभरी नै बिदा दिउ न देश नै जिम्मा लगाएको खुसीमा जहाँ चाह्यो त्यहाँ अभिन्दन गरौ छिमेकी छान्न सकिन्न छिमेकी निर्विकल्प हो तर बिर्सनु हुदैन यो त्यहि मान्छे हो जसको नेतृत्वमा भएको सरकारले कोशी वरिपरिका क्षेत्र डुब्दा बाँधका ढोका खोल्न मान्दैन यो त्यहि देशको सरकार प्रमुख हो जसले देशका ७२ ठाउमा सिमा मिचेको छ र गोबिन्द गौतम शहिद भएका छन् गोली हान्नेको आजसम्म अत्तोपत्तो छैन

यो त्यहि मान्छे हो जो चरताघात डुबाएर बिहारका बाढी पिडितलाई राहत दिलाउने सपना देखेको छ हाम्रो जमिन डुबाएर छिमिकि छान्न सकिन्न निर्विकल्प हो  तर छिमिकीलाई छालै बेचेर चढाउन सकिन्न  विद्वान बिकेको देशमा मेरा सुझावले कति अर्थ राख्छ थाहा छैन तर तपाईलाई मन पर्छ भने सेयर गर्नुहोला धन्यवाद

(दुबै आखा नदेख्ने एक नेपालीको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल बनेको छ मोदीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा उनको आक्रोस हरेको नेपालीको मन मुटु छुन सफल भएर होला यो भिडियो सामाजिक संजालमा निकै सेयर भएको छ त्यसैलाई सुनौलो नेपालले लेखेको हो त्यो भिडियो वाचन गर्ने को  हुन अहिलेसम्म पहिचान गर्न सकेका छैनौ )

यस्तो छ भिडियो 

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...