राजस्थानद्वारा पन्जाब पराजित भए संगै रोमान्चक मोडमा पुग्यो आईपीएल, यस्तो छ आजको खेल !



बैशाख २६, काठमाडौँ, इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले किंग्स इलाभेन पन्जाबलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा राजस्थानले पन्जाबलाई १५ रनले हराएको हो ।

जयपुरमा राजस्थानले दिएको १५९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभरमा ७ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । पन्जाबका लोकेश राहुलले अविजित ९५ रन जोडेपनि पन्जाबलाई जित दिलाउन सकेनन् । त्यस्तै पन्जाबका मार्कुस स्टिनिसले ११ रन जोड्दा अन्य ब्याट्सम्यान दोहोरो अंक जोड्न सकेनन् । राजस्थानका कृष्णपा गोथामले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १५८ रन बनाएको थियो । राजस्थानको जितमा जोश बट्लरले ८२ रनको योगदान दिए । यस्तै सन्जु सामसनले २२, बेन स्टोक्सले १४ तथा स्टुवार्ड बिनीले ११ रन जोडे । पन्जाबका एन्ड्र्यु टेले ४ विकेट लिदा मुजिब उर रहमानको नाममा २ विकेट रह्यो ।यो जितसँगै राजस्थानले १० खेलबाट ८ अंक जोडेको छ । र, राजस्थान लिगको छैटौं स्थानमा उक्लिएको छ । पराजित पन्जाब १० खेलबाट १२ अंकसहित लिगको तेस्रो स्थानमा रहेको छ ।

आईपीएलको शीर्ष स्थानमा रहेको सनराइजर्स हैदरावादले १० खेलबाट १६ अंक जोडेको छ । यस्तै दोस्रो स्थानको चेन्नई सुपर किंग्सको १४ अंक रहेको छ । १० अंक जोडेको कोलकाता नाइटराइडर्स चौथो स्थानमा रहदा पाँचौ स्थानको मुम्बई इण्डियन्सले ८ अंक जोडेको छ ।

त्यस्तै आज ८:१५मा हुने खेलमा कोलकत्ता र मुम्बई भिड्ने छन अघिल्लो चरण प्रवेशको लागि दुवै टिमको लागि यो खेल गर या मरको हुनेछ ।

 

 

 

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...