एमाले भातृसंगठन अनेरास्ववियू कि अध्यक्ष नविना लामाले राजिनामा दिदै !



बैशाख २६, काठमाडौँ,  एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियूले नयाँ नेतृत्व चयन गर्न जेठ पहिलो साता केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।

पार्टी एकीकरणपूर्व कुनै पनि जनसंगठनका महाधिवेशन आयोजना गर्न पार्टीले रोक लगाएकाले केन्द्रीय कमिटीबाट नयाँ अध्यक्ष चयन गर्न लागिएको हो ।

अनेरास्ववियूको महाधिवेशन फागुनमा भइसक्नुपर्ने थियो । यसबीचमा अध्यक्ष नवीना लामा प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि उनले संगठनबाट बिदा लिन चाहेकी छन् ।

लामाले अध्यक्षबाट राजीनामा दिने चाहना पार्टी नेतृत्व र अखिल बैठकमा ब्यक्त गरेपछि नयाँ अध्यक्षका प्रत्याशीहरुले आ–आफ्नो लबिङ बढाएका छन् ।

प्रतिस्पर्धीहरु धेरै भएकाले केन्द्रीय कमिटीको बहुमतबाट नयाँ अध्यक्ष चयन हुने अनेरास्ववियूका नेताहरुले बताएका छन् । यसअघि युवा संघको नयाँ नेतृत्व पनि केन्द्रीय कमिटीबाटै चयन भएको थियो ।

अनेरास्ववियूको स्थायी कमिटीको मंगलवार साँझ बसेको बैठकले जेठ ४ र ५ गते केन्द्रीय कमिटीको पूर्ण बैठक आह्वान गरेको महासचिव ऐन महरले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको सभाहलमा आयोजना हुने बैठकलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने महरले बताए ।

केन्द्रीय कमिटीमा सहमति नभए निर्वाचनबाट अध्यक्ष चयन गरिने स्रोतले जनाएको छ । अध्यक्ष नवीना लामाले केन्द्रीय कमिटीमै आफ्नो राजीनामा पेश गर्ने सम्भावना छ ।

अध्यक्षका लागि महासचिव ऐन महरलाई संस्थापन पक्षले अघि सारेको स्रोतले जनाएको छ ।यसअघि महाधिवेशनमा महर अध्यक्षको दाबेदार थिए ।

तर पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले नवीनालाई सघाउन आग्रह गर्दै उनीपछि ऐनलाई अध्यक्ष बनाउने आश्वासन दिएका थिए ।

नवीनाले राजीनामा दिएको खण्डमा अध्यक्षका लागि चारैजना उपाध्यक्षहरु रश्मी आचार्य, महेश बर्तौला, सुनीता बराल र शैलेस लामा पनि अध्यक्षको दाबेदारका रुपमा देखिएका छन् ।

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...