अब भारत जान नेपालीलाई भिसा अनिवार्य, भारत सरकारले सुरु यस्तो कडा नियम !



काठमाडौँ । भारतले नेपाल र भारतको खुला सीमाना तथा एकअर्काका नागरिकले स्वतन्त्र आवागमनको पद्धतिलाई एकपक्षीय रुपमा आंशिक अंकुश लगाएको छ।

भारतको केन्द्रीय गृह मन्त्रालयको निर्णयको हवाला दिँदै एयर इन्डियाले जारी गरेको सूचनामा चीन, हङकङ, मकाउ, पाकिस्तान र मालदिभ्स हुँदै भारत प्रवेश गर्ने नेपालीसँग अनिवार्य भारतीय भिसा हुनुपर्ने उल्लेख छ।

नेपालीलाई लगाइएको यो बन्देज भुटानीहरुमाथि पनि लागू हुनेछ। एयर इन्डियाले सबै एयरलाइन्सहरुलाई भारतीय भिसा नभएका नेपाली तथा भुटानीहरुलाई यात्राबाट रोक लगाउन निर्देशन दिएको छ।

खुला सीमाना र स्वतन्त्र आवतजावतको पद्धतिलाई सिद्धान्तअनुरुप सन् १९९९ डिसेम्बरमा काठमाडौँबाट उडेको इन्डियन एयरलाइन्सको विमान अपहरण भएपछि नेपालीहरुको हवाईयात्राका लागि पासपोर्ट वा नागरिकता अनिवार्य गरिएको थियो। र, विगत पाँच वर्षदेखि नेपाली पासपोर्टमा भारतीय इमिग्रेसन कार्यालयले छाप लगाउँदै आएको छ।

चीन, पाकिस्तान, मालदिभ्सलगायतका मुलुकहरु हुँदै भारत प्रवेश गर्ने नेपालीहरुलाई भिसा अनिवार्य गरेर भारतले स्वतन्त्र आवागमनको सिद्धान्तलाई थप नियन्त्रित गरेको छ।

एयर इन्डियाको सर्कुलरमा यी मुलुक हुँदै यात्रा गरेका नेपालीहरुसँग भिसा नभएको अवस्थामा कुनै नेपालीलाई यात्रा गराएका त्यसको जिम्मेवारी सम्बन्धित एयरलाइन्स हुने र तिनीहरुलाई दण्डित गरिने चेतावनी पनि दिइएको छ।

यो निर्णय कहिलेदेखि लागू हुने भन्ने भने उक्त सर्कुलरमा उल्लेखित नहुँदा यो तत्काल प्रभावकारी भएको अर्थ लगाइएको छ। पत्रमा विदेशीहरुको दर्ता र नियन्त्रणसम्बन्धी कार्यालय एफआरआओका विभिन्न कार्यालयहरुलाई यो निर्देशन कठोरताका साथ कार्यान्वयन गर्न निर्देशन पनि दिइएको छ।

 

 

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...