प्रधानमन्त्रीको ट्विटबारे प्रचण्डले कुरा उठाउदा ओलीले मैले नसोचेको भयो भनेपछि……………



बैशाख २६, काठमाडौं : प्रधानमन्त्री तथा नेकपा नेकपाका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एकल वार्ता सकिएको छ। बुधबार बिहानैदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षबीच लामो छलफल भएको छ। छलफलमा अध्यक्ष प्रचण्डले केही दिन अघि प्रधानमन्त्री ओलीको ट्विटर ह्याण्डिलबाट भएको ट्विटका विषयमा कुरा उठाएपछि छलफल त्यसै विषयमा केन्द्रित भयो। प्रचण्डले कुरा उठाएपछि प्रधानमन्त्री ओलीले त्यस विषयलाई सम्याउने कार्य गरेका छन्।

प्रधानमन्त्रीको ट्विटले दुई अध्यक्षबीचको बाताबरण धमिलियो भन्ने चर्चालाई समेत दुई अध्यक्षले सम्याउने कार्य गरेका छन्। प्रधानमन्त्री ओलीले अर्को ढंगबाट ट्विट गर्न खोजेको तर अर्को ढंगबाट हुन पुग्दा समस्या भएको स्पष्ट पारेका थिए। ‘अर्को ढंगबाट ट्विट गर्न खोजेको तर अर्को कोणबाट साथीहरूले हालिदिनुभएछ’, प्रधानमन्त्री ओलीलाई उदृढ गर्दै स्रोतले भन्यो। छलफलमा पार्टी एकता प्रकृया र दुई अध्यक्षको सम्बन्धबारे सामाजिक सञ्जालमा आएका कुराबारे समेत छलफल भएको छ।

वातावरण धमिल्याउने गरी आएका समाचारबारे समेत समीक्षा गर्दै दुई अध्यक्षले अब सहज ढंगले विषयलाई अगाडि बढाउने सहमति गरेको माओवादी अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, पार्टी एकताबारे समेत छलफल गरेका छन्। यस्तै सरकारले ल्याउने नीति, कार्यक्रम तथा बजेटबारे छलफल भएका छन्।

 

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...