मोदीको भ्रमणलाई लिएर काङ्ग्रेसमा यी दुई नेताको चर्काचर्की



काठमाडौं, २६ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणमा यही बैशाख २८ गते नेपाल आउँदैछन् । उनको भ्रमणलाई लिएर सबै दलले स्वागतको भव्य तयारी गरिरहेका छन् । सरकारले मोदीको भ्रमण सफल बनाउनको लागि कुनै कसर बाँकी नराख्ने बताईसकेको छ । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र भने अहिले मत विभाजित बनेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर ‘हाम्रा प्रमको राष्ट्रवाद कुन मञ्चमा सुकुला ?’ भनेर प्रश्न गरेसँगै उनको टिप्पणीबारे कांग्रेसकै नवनियुक्त सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रवक्ता शर्माको भनाईको खण्डन गरेका छन् ।

प्रवक्ता शर्माले पछिल्लो समय ओलीलाई राष्ट्रवादको प्रतीक बनाइएको भन्दै अहिले मोदीको भ्रमणका बेला त्यो राष्ट्रवाद कता सुत्यो भनेर प्रश्न गरेका थिए ।

त्यतिमात्रै होईन, नेता शर्माले मोदीलाई दुई दुई ठाउँमा किन नागरिक अभिनन्दन गर्नुपर्यो भनेर ओलीलाई प्रश्न गरेका थिए । उनले भनेका थिए, दुई ठाउँमा मोदीलाई किन अभिनन्दन गर्नुपर्यो ? यो एमालेको लम्पसरवाद हो, एमालेको राष्टवादी देखियो ?

धमलासँगकै कुराकानीमा सहमहामन्त्री महतले विश्वप्रकाश शर्माले बोलेको हो भने त्यसको कुनै तुक नभएको जिकिर गरे । उनले भने, विरोध गरेर के औचित्य हुन्छ, मोदीजीको यो सद्भापूर्ण र धार्मिक भ्रमण हो, मोदीको भ्रमणको विरोध गर्नुको कुनै तुक छैन् । हाम्रै पालामा भ्रमण राम्रो भएको हो।

ओलीको निम्तोमा नेपाल आउँदैमा कांग्रेसले विरोध गर्नु गलत भएको उनको तर्क थियो ।

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...