मलेसियाको बिकासमा चमत्कार गर्ने महाथिर मोहम्मद पुन मलेसियाको प्रधानमन्त्री



एजेन्सी: पूर्व मलेसियन प्रधानमन्त्री महाथिर मोहम्मदले देशमा भएको आम चुनावमा ऐतिहासिक जीत हासिल गरेका छन् ।

चुनाव आयोगका अनुसार महाथिरको विपक्षी गठबन्धनले चुनावमा ११५ सीटमा जित दर्ता गराएको हो । यो भनेको सरकार बनाउन आवश्यक ११२ सीट भन्दा पनि धेरै हो ।

९२ वर्षीय महाथिरले बारिसन नेशनल (बीएन) गठबन्धनलार्इ चुनावमा नमिठो पराजय चखाएका छन् । यो पार्टी पछिल्लो ६० वर्षदेखि सत्तामा थियो ।

जीतपछि पत्रकारसँग कुरा गर्दै महाथिरले भने, ‘हामीले कूनै पनि किसिमको बदला लिनु छैन । हामी त कानुनको शासन लगाउन चाहन्छौँ ।’

उनले शपथ ग्रहण समारोह आउने बिहीबार आयोजित गरिने विश्वास व्यक्त गरेका छन् । यस शपथ ग्रहणका साथै महाथिर विश्वकै सबैभन्दा वृद्ध निर्वाचित नेता पनि बन्नेछन् । शपथ ग्रहण समारोहका क्रममा बिहीबार र शुक्रवार देशमा सार्वजनिक विदाको घोषणा गरिएको छ।

परिणाम घोषणा हुना साथै पार्टीका समर्थक सडकमा उत्रेर खुशीयाली मनाइरहेका छन् । बीएन र यसको प्रमुख पार्टी, संयुक्त मलेसिया राष्ट्रिय संगठन (युएमएनओ) १९५७ मा ब्रिटेनबाट स्वतन्त्रता मिलेदेखि नै सत्तामा थियो ।

तर केही वर्षयता उसको लोकप्रियतामा भारी गिरावट देखिएको थियो । त्यही कारण यो पटकको आम चुनावमा उसलार्इ केबल ७९ सीट मात्रै मिलेको छ।

२०१३ मा भएको चुनावमा विपक्षले लोकप्रियता बढाउँदै धेरै भोट तानेको थियो । तर यो परिणाम सरकार बनाउन पर्याप्त थिए ।

यस पटक महाथिरले वर्तामान प्रधानमन्त्री नजीब रजाकविरूद्ध खुलेर अभियान चलाएका थिए र त्यसको नतिजा पनि देखिँदै पार्टीले ठुलो जित दर्ता गरेको छ।

महाथिर स्वयम् पनि एक समयमा बीएनका एक अहम नेता थिए । र उनी नजीबका राजनीतिक गुरु हुन् । तर पछि उनले पार्टीबाट अलग हुने निर्णय लिए । उनले त्यो बेला भनेका थिए ‘जो पार्टी भ्रष्टाचारको समर्थन गर्छ, उसको साथमा रहनु भनेको अपमानजनक हो ।’

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...