हावाहुरीले जनकपुर स्वागत द्वार उडाएको २४ घण्टा नबित्दै मुक्तिनाथ क्षेत्र हिउँले ढाक्यो, मोदीका लागी मौसम पनि बाधक बन्दै



सुनौलो नेपाल/ मुस्ताङ : नेपाललाई पाँच महिना लामो नाकाबन्दी लगाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हुन लागेको नेपाल भ्रमणमा मौसमले साथ समेत  दिएको छैन ।

बुधबार बिहान आएको हावाहुरीले जनकपुर भ्रमणका लागि बनाइएको पण्डाल र स्वागतद्धार  भत्काईदिएको साझ मोदी जान तयारी भैरहेको मुक्तिनाथमा समेत राती भारी बर्षातसँगै  हिमपात भएपछी मोदीको भ्रमणलाई मौसम बाधक बनेको हो  ।

मुस्ताङ क्षेत्रमा वैशाख महिनामा यसरी हिउँ परेको पहिलो  पटक रहेको स्थानीयबासी बताउँछन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार मुक्तिनाथको दर्शन गर्दैछन् । जहाँ आधा फिटसम्म हिउँ अहिले जमेको छ  ।

राति परेको हिउँ बिहीबार दिउँसोबाट रोकिएको छ । हिमपात रोकिएकाले मोदीको मु्क्तिनाथ भ्रमणको तयारीलाई तीब्र पारिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला सुरक्षा समितिले मुस्ताङको सुरक्षा कडा बनाएको छ । मुक्तिनाथ क्षेत्रलाई पनि सफा बनाइसकिएको छ । सुरक्षाकर्मीले हिमपात र वर्षाले रोकिएका सडक खुलाउने प्रयास थालेका छन् ।

मोदी आउने भएपछि जिल्ला सुरक्षा समितिले थोरङ्ला पास नाका बन्द गरेको छ । त्यसैगरी हेलिकोप्टर र गाडीबाट मुक्तिनाथ आउने पर्यटकलाई पनि दुई दिन रवक लगाइएको छ।

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...