यी हुन ३३ किलो सुन तस्कर गोरे को पक्षमा उभिने ४२ र सरकारका पक्षमा उभिने ८ जना वकिल, हेर्नुस को को छन (नामावली सहित) !



२७ बैशाख काठमाडौँ । सुन तस्करको पक्षमा ४२ जना वकिल उभिएका छन् । उनीहरुले सुन तस्करी काण्डमा मुछिएका अभियुक्तहरुको पक्षमा बहस गर्ने छन् ।

मोरङ जिल्ला अदालतमा अाजबाट बादी-प्रतिबादीको पक्ष बिपक्षमा बहस सुरु हुँदैछ । सुन तस्करको तर्फबाट ४२ जना वकिल र ८ जना सरकारी वकिलले नेपाल सरकारको तर्फबाट बहस गर्ने जिल्ला अदालत मोरङले जनाएको छ ।

सरकारको तर्फबाट सहमहान्यायाधिबक्ता गोपाल रिजाल, उच्च सरकारी वकिल चिरन्जीवी पराजुली, जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठक, धनकुटाका जिल्ला न्यायाधिवक्ता मनोज आचार्य, सप्तरीका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद सापकोटा, उच्च सरकारी वकिल कार्यालय विराटनगरका न्यायाधिवक्ता हिमाल त्रिताल, मोरङका सहयक जिल्ला न्यायाधिवक्ता पदम वस्ती र रोहित पोखरेलले बहस गर्ने बताइएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायाधिवक्तादेखि उच्च सरकारी वकिल र महान्यायाधिवक्तासम्मले सुन तस्करीसँग जोडिएको सनम शाक्य हत्याको बिषयमा बहस गर्ने छन् । जिल्ला अदालतमा वकालतनामा मार्फत् ४२ जनाले सोही मुद्दामा बहसका लागि आफ्नो नाम दर्ता गराइसकेका थिए ।

अघिल्लो बुधवार अभियुक्त बिरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको थियो । ३३ किलो सुन काण्डको मुद्दा जिल्ला न्यायाधिश नारायणप्रसाद शर्माको इजलाशमा परेको छ ।

 

 

Related posts
गृहमन्त्री थापाले कारवाही गर्न दिएको निर्देशनको अवज्ञा, कारवाही रोक्न अर्का मन्त्रीको दबाब

दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि गृहमन्त्री...

गोरेसंगको ६ पृष्ठ लामो बयानले थप रहस्य खुल्दै, के के भयो हिजो ?

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग...

आइपिएल खेलेर नेपाल फर्किन नपाउदै सन्दीपले पाए यति ठुलो उपहार

काठमाडौं- टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड...

अदालतमा गोरेको बयान: म ठूलो तस्कर होइन, मानवअधिकारवादीको रोहबरमा हिरासतमा बस्न पाउँ !

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले आफूमाथि...

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सद्वारा सन्यासको घोषणा !

काठमाडौँ, दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।...