सर्बत्र आलोचनापछि झुक्यो सरकार, मोदीलाई दिईने अभिनन्दन पत्रको भाषा फेरियो !



२७ वैशाख । भोली शुक्रवार २ दिने नेपाल भ्रमणमा आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा दिइने नागरिक अभिनन्दन पत्रको भाषा नेपाली नै हुने भएको छ ।

भारतीय प्रधानमन्त्री शुक्रवार नेपालको राजकीय भ्रमणका क्रममा पटनाबाट सीधै जनकपुर आउने कार्यक्रम तय भएको छ । त्यहाँ उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।अभिनन्दन पत्र चार भाषामा हुने भन्ने खबर आएपछि सर्बत्र आलोचना भएको थियो ।

जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले अभिनन्दनपत्र नेपाली भाषामा नै हुने बताएका छन् । ‘ताम्रपत्र काठमाडौंबाटै नेपाली भाषामा बनेर आएको छ, दिने क्रममा हामी मैथिली भाषामा पढ्छौं,’ साहले भने । जनकपुरमा भारतीय प्रधानमन्त्री मोदीको स्वागतको तयारीका लागि ८० प्रतिशत काम पूरा भइसकेको छ ।

 

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...