यौनकर्मी मनिषाको प्रेमकथा …



नयाँ दिल्ली । सुरुमा ऊ कोठीमा कहिलेकाहीँ मात्रै आउँथ्यो । कहिले मेरो साथमा त कहिले अरू कुनै केटीको साथमा बस्तथ्यो । पछि, बिस्तार बिस्तार ऊ मेरै लागि भनेर कोठीमा आउन लाग्यो । थाहै नपाई उसको र मेरोबीचमा एक खास किसिमको सम्बन्ध कायम भइसकेको थियो । मेरठको रेड लाइट एरिया कवाडी बजारको एक कोठीमा बेचिएकी मनिषा (नाम परिवर्तन) का लागि एक व्यक्ति अँध्यारो जीवनमा उज्यालो बनेर देखापर्यो ।

यौनकर्मीको जिन्दगीमा प्रेमको कुनै अर्थ राख्दैन । तर, मनिषाको जिन्दगीमा मायाको रङ बिस्तार बिस्तार चढ्दै गयो । उनी यस्ता कैयौँ भावनाहीन सम्बन्धबाट गुज्रिसकेकी थिइन् । उनलाई विश्वास गर्न कठिन भइरहेको थियो तर आशा भने मारेकी थिइनन् । उनको यही आत्मविश्वासी प्रेमले मनिषालाई यस नारकीय जीवनबाट मुक्ति मिल्यो । जसले समाजमा उनी सम्मानजनक जीवन ज्यून सफल भइन् । पश्चिम बंगालको २४ परगनाबाट ल्याइएकी मनिषाको जिन्दगी कठीन बाटोबाट गुज्रिएको थियो ।

उनी भन्छिन्, ‘मेरो घरमा आमाबुबा, सानी बहिनी र भाइ छन् । घरमा सधैँ पैसाको खाँचो पर्दथ्यो । परिवारमा कमाउने अर्काे सदस्यको आवश्यकता थियो । त्यसैले मैले विचार गरेँ कि मैले पनि कमाएँ पनि घरमा केही मद्दत मिल्थ्यो । त्यसैक्रममा गाउँको एक मान्छेले सहरमा काम दिलाउने कुरा गर्यो । उसले मेरो आमाबुबासँग पनि कुरा गर्यो । उसले सहरमा गएर काम गर्दा राम्रो पैसासमेत पाइने कुरा गरेपछि उसको साथमा करिब पाँच वर्ष सहरमा आएँ । तर, केही दिनको आलटालपछि उसले मलाई कोठीमा लगेर बेचिदियो ।’

त्यस समयमा मनिषालाई कुन संसारमा आएको कुनै पत्तो लगाउनै सकिनँ । उनले त्यस ठाउँबाट जानका लागि धेरैसँग हारगुहार मागी तर कसैले पनि उनको कुरा सुनेनन् । जागिर खान आएकी मनिषालाई यो पेसा उनका लागि मरे बराबरको थियो । सुरुसुरुमा उनले यस कार्यको धेरै विरोध गरिन् । तर, उनको केही लागेन । उनलाई मारपिट गर्न थालियो, मार्ने तथा अनुहार बिगार्नेजस्ता धम्कीसमेत दिन थालियो । मनिषा भन्छिन्, ‘मेरो अगाडि कुनै बाटो थिएन । पहिलो कुरा यो सहर नै मेरालागि नौलो थियो ।

मेरा लागि कसले सहयोग गर्ने ? त्यहाँमाथि पनि यो ठाउँ मेरालागि जेलसरह भयो । मेरो साथमा जबर्जस्ती पनि गरियो ता कि ग्राहकका लागि म तयार बनँु । अब, मेरा लागि मर्ने वा यो पेसामा लाग्नेबाहेक कुनै अर्काे बाटो थिएन । मर्नुभन्दा बहुलाउनु निको भने झैँ अन्त्यमा यस पेसामा आफूलाई सौपिएँ ।’ ‘भगवान्को घरमा अँध्यारो छैन तर ढिलो हुन सक्छ’ भनेझैँ उनको जिन्दगीमा मनिष (नाम परिवर्तन) आएपछि पुरै परिवर्तन भयो । उनी भन्छिन्, ‘मनिष र मेरो बीचमा कसरी एक किसिमको सम्बन्ध बस्यो हामी दुईलाई थाहै भएन ।’

मनिष बारम्बार मलाई भेट्न आउन थाल्यो । ऊ मसँग कुराकानी गथ्र्यो जुन मलाई असाध्यै मन पथ्र्यो । एकदिन अचानक मनिषले आफ्नो मनको कुरा मनिषासामु राख्यो । मनिषालाई पनि यो नर्कदेखि छुटकारा पाउनु थियो । मनिषको यो कुरा सुनेपछि उनमा आशा जाग्न थाल्यो । तर, पहिला नै धोका खाइसकेकी मनिषा मनिषसँग सोझैँ विश्वास गरिहाल्न भने सकिनन् । मनिषाले पहिला यस नर्कबाट छुटकारा चाहन्थिन् । यो कुरा मनिषसँग राखिन् । कोठीका मानिससलाई मनिष पटकपटक आउनेजाने कुरा राम्रोसँग थाहा थियो ।

उनीहरू कुनै यौनकर्मीलाई मन पराएको खण्डमा यसरी पटकपटक आउने ग्राहको रूपमा उनीहरूको बुझाइ थियो । यसलाई उनीहरूले कुनै खास महत्व दिएका थिएनन् । जब मनिषाले यस नर्कबाट छुटकार चाहेको कुरा व्यक्त गरिन् । त्यसपछि मनिष एक एनजिओको सम्पर्कमा गयो जुन एनजिओ यस्ता यौनकर्ममा फँसेका युवतीहरूलाई छुटाएर पुनर्वासका लागि मद्दत गर्दथ्यो । एनजिओका सञ्चालक अतुल शर्मा बताउँछन्, ‘मनिष हामीका आएको थियो ।

उसले कोठीमा रहेको कुनै एक युवतीसँग प्रेम गरेको र उसलाई निकाल्न चाहेको कुरा बतायो ।’ मैले उसलाई सोधेको थिएँ छुटकारा भएपछि के हुन्छ ? मनिषले विश्वासका साथ भनेका थियो उनीसँग म बिहे गर्न चाहन्छु । यसरी कोठीमा गएर यस्ता कुरा गर्ने धेरैसँग उनीहरूको सम्पर्क भएकाले सोझै विश्वास गर्न सकेनन् । अतुलले साँच्चै मनिषले भनेको गर्छ त भनेर उनको भावना विचार गर्न केही दिनपछि आउनु भनेर पठाए ।

साँच्चै मनिषले मनिषालाई चोखो माया गरेको रहेछ । दुई दिनपछि मनिष फेरी हामीमा आयो त्यसपछि विश्वास भयो । अतुलले बताए । त्यसपछि हामीले मनिषाको स्वीकृति लिएर आउन भन्यौँ । किनकि यो ठाउँबाट उनीहरूको स्वीकृतिविना निकाल्न ज्यादै नै गाह्रो हुने अनुभव उनीहरूसँग छ । त्यसपछि मनिष मनिषाकहाँ गयो । मनिषा यस नर्कतुल्य जिन्दगीबाट निक्लन ज्यादै बेचैन थिइन् । उनले मनिषलाई एउटा खाली कागज लिएर आउन भनिन् । मनिषले जब खाली कागज ल्याए उनले त्यसमा औँठाको धेरै छाप लगाइन् ।

मनिषाले भनिन्, ‘मलाई लेख्न आउँदैन थियो । म यो कुरा कसैसँग भन्न पनि सक्दिनथेँ । खाली ठूलो स्वरले कराएर मलाई यो ठाउँबाट निकाल भन्न मात्र चाहन्थेँ । यसपछि अतुल शर्मा पुलिसका साथ कोठीमा गए । उनले मनिषालाई चिन्दैनथे । उनले ठूलो आवाजमा अनिता भनेर बोलाए । त्यसपछि एउटी केटी उठी । अतुललाई विश्वास भयो कि मनिषले भनेको केटी यही नै हो । उनले मनिषाको हात समातेर हिँड भनेँ । मनिषा डराइरहेकी थिइ किनकी यहाँबाट बाहिर जाँदा पनि दलालको डर भइरहन्छ । हामी भर्याङ ओर्लनै लागेका थियौँ ।

त्यतिकैमा कोठीमालिक आएर रोक्न खोजी । मैले यो केटी यहाँबाट जान चाहन्छे । यत्तिकैमा मैले यदि यो कोटी भर्याङ ओर्लेर गई भने हाम्री, गइन भने हामी छोडेर जान्छौँ । यति मैले भनेको मात्र के थिएँ केटी छिटोछिटो भर्याङ उर्लेर हाम्रो गाडीमा गएर बसी । यसपछि अतुल शर्माले मनिषको आमाबुबासँग कुरा गरे । सुरुमा उनीहरूले यो प्रस्ताव स्वीकार गरेनन् । छोराको जिद र हाम्रो सम्झाइले उनीहरू माने तर केटीको अतीत लुकाउने सर्तमा । मनिषा भन्छिन्, मैले त विवाहको बारेमा सोच्न नै छोडिसकेको थिएँ ।

तर, उनको जिन्दगीमा मनिष आएपछि केही आशा भने जागेको थियो । मलाई उसको आमाबुबाले नस्वीकारे पनि मैले नराम्रो मान्ने थिइनँ । सबैलाई इज्जत प्यारो नै हुन्छ । तर, विस्तार विस्तार उहाँहरूले मलाई पूर्णरूपमा स्वीकार गर्नुभयो । अहिले हाम्रो एक छोरी छे जसलाई समाजमा शिर ठाडो पारेर हिँड्ने भाग्य मिलेको छ ।’ मेरठको कवाडी बजार रेडलाइट एरियामा छ । यहाँ केटीहरू मुखले सिठी बजाएर ग्राहकलाई बोलाउनु कुनै नौलो कुरा होइन । तैपनि यस्तो व्यवसायमा लागेका केटीहरू अन्य केटीभन्दा फरक नै देखिन्छन् जसलाई सबैले सजिलै चिह्न सक्दछन् ।

यहाँबाट छुटाएर ल्याएका धेरै केटीको घरवार भइसकेको छ । उनीहरूलाई रोजगारको व्यवस्था गर्न पनि हामी प्रयासरत छौँ । कोठीबाट निकालेकाहरूलाई यो संस्थाले सामान्य रहनसहनको तालिम पनि दिइरहेको छ । त्यसका लागि उनीहरूलार्ए केही दिन भोलिन्टियरको घरमा राख्ने गरिएको छ । ता कि उसले सामान्य रहनसहनको तरिका थाहा पाउन् । अतुल बताउँछन् कि कोठीमा काम गर्ने केटीको रहनसहन सबै फरक हुन्छ । त्यसैले उनीहरू एक आमपरिवारसँग बस्न सकुन् भन्ने मै हाम्रो कोसिस रहन्छ ।

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...