एमाले नेताको गर्जन मोदी अभिनन्दनको विरोध गर्नुको कुनै तुक छैन् !



काठमाडौं सत्तारुढ दल नेकपा एमालेका नेता डा. राजन भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर र काठमाडौं दुई ठाउँमा गरिने नागरिक अभिनन्दनको कसैले विरोध गर्नुको तुक नभएको बताएका छन्।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र डा भट्टराईले विहीबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा मोदीको अभिनन्दन सम्बन्ध थप प्रगाढ बनाउन लागि लागि भएको स्पष्ट पारे।
नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहका नेपाल तर्फका सदस्य समेत रहेका भट्टराईले भ्रमणको सबै किसिमका तयारीहरु पूरा भैसकेको जानकारी दिँदै मोदीको स्वागत र सम्मानको लागि जनकपुरमा नागरिक अभिन्दन राख्नु नौलो कुरा नभएको तर्क गरे। ‘जनकपुर उपमहानगरपालिका र प्रदेश सरकारले सम्मान राख्ने भनेपछि यसको किन विरोध गर्नु? केन्द्र सरकारले अभिनन्दन गर्ने त परम्परा नै छ, यो चलन हो’, उनले स्पष्ट पारे।

अभिनन्दन गर्नु नेपालको परम्परा नै भएको र १९५१ सालमा भारतका प्रधानमन्त्री जवारलाल नेहरु आउँदा टुँडिखेलमा नागरिक अभिनन्दन गरिएको स्मरण गर्दै डा. भट्टराईले भने, ‘विदेशी विशिष्ठ पाहुना आउँदा नागरिक अभिनन्दन गर्नु परम्परा नै हो। हाम्रा प्रधानमन्त्री भारत जाँदा पनि त्यहाँ ठाँउ–ठाँउमा नागरिक अभिनन्दन हुन्छ।’

उनले मोदीलाई नगरको साँचो बुझाउन लागेको भन्दै विरोध हुनुसमेत जायज नभएको बताए। ‘नगरको साँचो बुझाउँदै छ भनेर विरोध भइरहेको छ। यो पनि हाम्रो परम्परा हो,’ उनले भने, ‘हामी सानै हुँदादेखि नै सुन्दै आएका हौँ साँचो बुझाउने कुरा।’

नेता भट्टराईले भ्रमण कार्यतालिका अन्तर्गत प्रधानमन्त्री ओली र मोदी दुवैले अरुण तेस्रोको संयुक्त रुपमा काठमाडौंबाट स्विच थिचेर उद्धघाट्न गर्ने र यो परियोजना सर्वदलीय सहमतिबाट नै त्यतिवेला अघि बढाउने निर्णय भएको सुनाए।

 

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...