आईतबार काठमाडौँ उपत्यकामा सार्बजनिक बिदा !



बैशाख २७ काठमाडौं, आउने आइतबार (वैशाख ३० गते) काठमाडौं उपत्यकामा सार्वजनिक विदा हुने भएको छ।सरकारले यो वर्षदेखि विदा कटौति गरेको भए पनि काठमाडौं उपत्यकालाई मात्र दिइने चार जात्रा विदा कायमै राखेको छ।

काठमाडौं उपत्यकालाई मात्र हुने चार विदामध्ये पहिलो विदा मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आइतबार गते हुन लागेको हो।उपत्यकाले मात्र पाउने अन्य विदामा गाईजात्रा भदौ ११ गते सोमबार, इन्द्रजात्रा असोज ८ गते सोमबार र घोडेजात्रा चैत २२ गते शुक्रबार परेको छ।

गएको चैत १४ गते नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनामा भोटोजात्राको विदाको दिन भने तोकिएको थिएन।भोटोजात्रा मच्छिन्द्रनाथको रथ लगनखेलबाट जाउलाखेल पुर्‍याएको दिनसमेत गनेर चौथो दिनमा हुने गर्छ।रथ तान्ने तिथि पाटन कृष्ण मन्दिर अगाडिको सत्तलमा ज्योतिषीहरुले साइत निकालेपछि जुर्छ। गएको हप्ता ज्योतिषीहरुले रथ जाउलाखेल तान्ने दिन आज (वैशाख २७ गते बिहीबार) तोकेका थिए। सोही अनुसार भोटो देखाउने जात्रा वैशाख ३० गते आइतबार हुँदैछ।

 

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...