मोदीको अभिनन्दनलाई लिएर प्रतिपक्ष दल नेपाली काँग्रेस भित्र लफडा, पार्टी सभापति र प्रबक्ताकै मत बाझियो !




बैशाख २७, काठमाडौं शुक्रबार दुईदिने नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनको विषयलाई लिएर प्रतिपक्षी नेपाली कांग्रेसमा विवाद देखिएको छ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मासहित युवा नेताहरु दुई ठाउँमा अभिनन्दन गर्न नहुने पक्षमा देखिएका छन् भने सभापति शेरबहादुर देउवा निकट नेताहरु भने मोदी पाहुना भएकाले नागरिक अभिनन्दनको विरोध गर्नुको अर्थ नभएको तर्क गरिरहेका छन्।

मोदी भ्रमण र नागरिक अभिनन्दनको चौतर्फी विरोध भइरहेका बेला कांग्रेस प्रवक्ता शर्माले ट्वीटरमार्फत दुई ठाउँमा अभिनन्दनको विरोध गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दै उनले ट्वीट गरेका छन्– ‘प्रदेश २ का नागरिकको अभिनन्दनमार्फत समस्त नेपालीको प्रतिनिधित्व हुन सक्दैन थियो र सम्माननीय प्रधानमन्त्री ज्यू ?’

कांग्रसकै प्रवक्ताले गरेको विरोधको नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रशंसा गरेका छन्। उनको ट्वीट अहिले भाइरल भइरहेको छ। यसै क्रममा विहीबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा कांग्रेसले मोदीको नागरिक अभिनन्दनको विरोध गरेको हो भन्ने प्रश्न उठ्यो।

जवाफ दिन बसेका कांग्रेस नेता एवं पूर्व गृहराज्यमन्त्री दीपक खड्काले मोदीको सम्मानको लागि जनकपुर र काठमाडौं गरी दुई ठाउँमा नागरिक अभिनन्दन गर्ने कुरामा पार्टी प्रवक्ता शर्माले विरोध गर्नुको अर्थ नभएको बताउँदै त्यो कांग्रेसको आधिकारिक धारणा नरहेको स्पष्ट पारे।

‘कांग्रेस प्रतिपक्षमा भएपनि विरोधको लागि विरोध गर्दैन्, यर्थाथको लागि विरोध हुनुपर्छ’, उनले भने– ‘एमालेले बरु सत्तामा हुँदा एउटा कुरा गर्ने र सत्ता बाहिर आएपछि अर्को कुरा गर्ने गरेको थियो, अहिले पनि त्यही चरित्र देखाएको छ।’

एमाले नेता राजन भट्टराईले पनि मोदीको नागरिक अभिनन्दनको विरोध गर्नुको कुनै तुक नभएको बताए। ‘जनकपुर उपमहानगरपालिका र प्रदेश सरकारले सम्मान राख्ने भनेपछि यसको किन विरोध गर्नु? केन्द्र सरकारले अभिनन्दन गर्ने त परम्परा नै छ, यो चलन हो’, उनले स्पष्ट पारे।

 

 

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...