ओली सरकारको एउटा बोल्ड निर्णय, यसरी जोगिने भो राज्यको वार्षिक १५ अर्ब



काठमाडाैं ः सरकारले कर्मचारीले पाउने महँगी भत्ता र स्थानीय भत्ताबाहेक सबै प्रकारका भत्ता कटौती गरेको छ । कर्मचारीका विविध भत्तामा मात्रै वार्षिक अर्बौं रुपैयाँ खर्च भए पनि उपलब्धि नभएको ठहर गर्दै महँगी र स्थानीयबाहेक सबै भत्ता कटौती गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए । आगामी १ साउनदेखि लागू हुने गरी प्रोत्साहन भत्ता कटौती गरिएको छ ।

अर्थ मन्त्रालयले तयार पारेको सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारीता कायम गर्नेसम्बन्धी मार्गदर्शनलाई स्वीकृत गर्दै सरकारले जथाभावी खर्च र भत्तामा अंकुश लएको हो । अनुगमन तथा मूल्यांकनमा गरिने खर्चसमेत कटौती गरिएको छ । आजको अन्नपूर्ण पोष्टले यो समाचर छापेको छ

अन्नपूर्ण पोस्ट्ले केही दिनअघि कर्मचारीले भत्तामा अर्बौं सकेको समाचार प्रकाशित गरेको थियो । आव २०७३/७४ मा मात्रै कर्मचारीले भत्ताबाहेक अतिरिक्त सुविधामा २२ अर्ब रकम सकेका छन् । उच्चपदस्थ कर्मचारीको स्वदेश तथा विदेश भ्रमणमा मात्रै गत वर्ष २ अर्ब २० करोड रुपैयाँ सकिएको थियो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १२३.७६ प्रतिशतले बढी हो ।

कतिपय निकायका कर्मचारीले तलवको शतप्रतिशतसम्म प्रोत्साहन भत्ता खाँदै आएका थिए ।

कन्सल्टेन्सी र कमिसन खर्च पनि कटौती

सरकारले विभिन्न आयोजनाको ठेक्कापट्टाका क्रममा दिइने कन्सल्टेन्सीबापतको रकमसमेत कटौती गरेको छ । यस्तै कमिसन लिन नपाउने व्यवस्था गरेको छ । सचिव, सहसचिव तथा उच्च पदाधिकारीले पाउने सेवासुविधा तथा यातायातका साधनमा समेत एकरूपता कायम गर्ने निर्णय भएको छ ।

Related posts
गृहमन्त्री थापाले कारवाही गर्न दिएको निर्देशनको अवज्ञा, कारवाही रोक्न अर्का मन्त्रीको दबाब

दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि गृहमन्त्री...

गोरेसंगको ६ पृष्ठ लामो बयानले थप रहस्य खुल्दै, के के भयो हिजो ?

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग...

आइपिएल खेलेर नेपाल फर्किन नपाउदै सन्दीपले पाए यति ठुलो उपहार

काठमाडौं- टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड...

अदालतमा गोरेको बयान: म ठूलो तस्कर होइन, मानवअधिकारवादीको रोहबरमा हिरासतमा बस्न पाउँ !

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले आफूमाथि...

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सद्वारा सन्यासको घोषणा !

काठमाडौँ, दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।...