मदिराकै कारण अपराध बढेपछी कठोर बन्दै गृहमन्त्री, आउदैछ यस्तो कडा नियम



काठमाडौं – दालचामलझैं सामान्य पसलबाट मदिराजन्य पदार्थ बिक्री गर्दै आएका बिक्रेता र ग्राहकमाथि कडाइ गरिने भएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

गृहमन्त्रालयले लागूऔषध निषेध तथा मदिरा नियन्त्रण कार्ययोजनामार्फत लागूऔषध र मदिराजन्य पदार्थ नियन्त्रणमा कडाइ गर्न लागेको हो ।

उक्त कार्ययोजना तयार गर्न सहसचिव नारायण शर्माको नेतृत्वमा पाँच सदस्यीय समिति बनाइएको छ । समितिले १५ दिनभित्र आफ्नो सुझावसहितको प्रतिवेदन बुझाउनेछ ।

‘अब पसलबाट दालचामल खरिद गरेझैं सहजै मदिरा खरिद गर्ने र बिक्री गर्न नपाऊन् भन्नेमा मन्त्रालयको जोड रहनेछ, अब केही समयपछि त्यसरी मदिरा किन्न र बिक्री गर्न पाइन्न,’ समितिका संयोजक शर्माले भने, ‘लागूपदार्थ र मदिराका कारण झण्डै ७० प्रतिशत अपराध हुने गरेको देखिएपछि गृहमन्त्री रामबहादुर थापाले निषेध र नियन्त्रणका लागि तादरुकता देखाउनुभएको छ।’ मदिरा खरद गर्नेको तीनपुस्ते संकलन गर्ने जस्ता नयाँ व्यवस्था पनि गरिने स्रोतले बताएको छ।

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...