मोदीको स्वागतको लागी जनकपुरमा लाखौ जनता तयार…



वैशाख ८, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज जनकपुर आउँदैछन् । मोदीको जनकपुरधाम भ्रमणलाई दृष्टिगत गरी प्रदेश २ सरकारले सार्वजनिक बिदाको घोषणा गरेको छ ।

जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर शाहले भारतका प्रधानमन्त्री मोदीको स्वागतको तयारी पूरा भएको बताएका छन् ।

शाहले एयरपोर्टदेखि मुरली चोक हुँदै जानकी मन्दिरसम्मको रुटको व्यवस्थापन भइसकेको बताए ।

मोदी पटनाबाट भारतीय वायुसेनाका हेलिकोप्टरबाट सीधै जनकपुर विमानस्थलमा करिब सवा १० बजे अवतरण गर्नेछन् । उनलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विमानस्थलमा स्वागत गर्नेछन् ।

प्रधानमन्त्री मोदी जनकपुर विमानस्थलबाट विद्यापति चोक, जिरोमाइल चोक र रामानन्द चोक हुँदै जानकी मन्दिरमा पुग्नेछन् । त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई स्वागत गर्नेछन् ।

जनकपुर उपमहानगरका कर्मचारी बाटो सरसफाइका लागि खटिएको उनले जानकारी दिए ।

जानकी मन्दिरमा शंखनाद गरेर मोदीको भव्य स्वागत हुनेछ । त्यसपछि दुवैले जानकी मन्दिरमा संयुक्तरुपमा पूजा गर्नेछन् र पत्रकारहरुसँग साक्षात्कार हुनेछन् ।

जानकी मन्दिर क्षेत्रमा करिब ४५ मिनेट बिताउने मोदी र ओलीले जनकपुरबाट अयोध्या चल्ने बसको शुभारम्भ गर्नेछन् ।

त्यसलगत्तै बाह्रबिघा रंगभूमि मैदानमा हुने नागरिक अभिनन्दन समारोहमा मोदी सहभागी हुनेछन् । मोदीलाई जनकपुरधाम उपमहानगरपालिका प्रमुख साहले नगरको कलात्मक साँचो हस्तान्तरण र नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।

मोदीको स्वागतमा जनकपुरलाई विशेषरुपले सिंगारिएको शाहले बताए । “सडकलाई कालोपत्रे गरिएको छ भने बिभिन्न स्थानमा मोदीको फोटोसहितका स्वागतद्वार बनाइएको छ । जानकी मन्दिरदेखि बाह्रबिघासम्मको सडकको दुवैतर्फको पर्खालमा रामायणकालीन आख्यानलाई मिथिला कलामार्फत प्रस्तुत गरिएको छ ।” शाहले भने ।

प्रदेश २ सरकारले मोदीको नागरिक अभिनन्दन कार्यक्रममा जिल्ला जिल्लाबाट मानिसहरु जनकपुरधाममा ओसार्न स्थानीय तहलाई निर्देशन दिएको छ ।

“मोदीको आगमनलाई मध्यनजर गर्दै जनकपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । मोदीको सुरक्षाका लागि करिब १० हजार प्रहरी परिचालन गरिएको छ ।” उनले भने ।

मोदीले पूजा गर्ने जानकी मन्दिरमा बिहीबार दिउँसोदेखि नै सर्वसाधारणको प्रवेश रोक लगाइएको थियो । सडकमा मास्क लगाएर हिँड्न प्रतिवन्ध छ । ठाउँ–ठाउँमा बाक्लो संख्यामा सुरक्षाकर्मीहरु देखिन्छन् ।

जानकी मन्दिर र बाह्रबिघाका ठाउँ–ठाउँमा सीसीटिभी क्यामरा जडान गरिएको छ ।

एक लाखभन्दा बढि जनता मोदीको स्वागतका लागि आउने शाहको दाबी छ ।

Related posts
गृहमन्त्री थापाले कारवाही गर्न दिएको निर्देशनको अवज्ञा, कारवाही रोक्न अर्का मन्त्रीको दबाब

दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि गृहमन्त्री...

गोरेसंगको ६ पृष्ठ लामो बयानले थप रहस्य खुल्दै, के के भयो हिजो ?

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग...

आइपिएल खेलेर नेपाल फर्किन नपाउदै सन्दीपले पाए यति ठुलो उपहार

काठमाडौं- टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड...

अदालतमा गोरेको बयान: म ठूलो तस्कर होइन, मानवअधिकारवादीको रोहबरमा हिरासतमा बस्न पाउँ !

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले आफूमाथि...

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सद्वारा सन्यासको घोषणा !

काठमाडौँ, दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।...