उस्तै पोशाकमा ठाटिएर जानकी मन्दिरमा पुजा गर्दै दुवै देशका प्रधानमन्त्री



जनकपुर — प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जनकपुरको जानकी मन्दिरमा स्वागत गरेका छन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीलाई स्वागत गर्दै प्रधानमन्त्री ओली । तस्बिर : किरण पाण्ड ।

मोदीभन्दा एक घण्टा अगाडि पुगेका ओलीले मन्दिरको गेटमा स्वागत गरेका हुन् । मोदी भने एयर इण्डियाको बिशेष बिमानबाट जनकपुर एयरपोर्टमा उत्रिएर सिधै मन्दिर आएका हुन् ।

मोदीले अहिले मन्दिरमा पुजा सुरु गरेका छन् । पुजापछि दुई प्रधानमन्त्रीले रामायण सर्किट र अयोध्या–जनकपुर सिधा बस सेवाको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

दुई प्रधानमन्त्रीको भेष एकै खालको रहेको छ । दुवैले घ्यु रंगको कुर्ता र सेतो पाइजामा लगाएका छन् भने दुवैले गम्छा भिरेका छन् । यो पोशाक तराई मधेसको पोशाक हो ।

Related posts
यस्तो छ देशलाई कायालापट पार्ने कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाडौँ — सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती...

सरकारको नीति तथा कार्यक्रम: प्रधनमन्त्री कार्यालयबाट अनुगमन गर्नेमाथि अर्को अनुगमन !

काठमाडौँ सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

निर्माण व्यवसायीलाई अगाडी राखेर गृहमन्त्री बादलले भने ”सच्चिनुहोस, नभए कारबाही भोग्न तयार हुनुहोस” !

काठमाडौं, जेठ ७ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माणको ठेक्का लिएर काममा ढिलासुस्ती...

५ वर्षभित्र सबै स्थानीय तहका केन्द्रसम्म कालोपत्रे सडक !

काठमाडौं । सरकारले ५ वर्षमा सबै स्थानीय तहलाई कालोपत्रे सडकलाई जोड्ने नीति ल्याएको...

पाँच बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न !

काठमाडौँ —सरकारले आगामी ५ बर्ष भित्रै काठमाडौँ–वीरगञ्ज रेलमार्ग, रसुवागढी केरुङ रेलमार्ग निर्माण सम्पन्न  गर्ने...