मोदीले ओलीलाई चिनेकै रहेनछन पटकपटक भने ‘कोली जी’



काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिरमा पूजा गरेपछि संक्षिप्त सम्बोधन गरेका छन्। उनले सम्बोधनका क्रममा नेपालका प्रधानमन्त्रीलाई ‘कोली’ भन्दै सम्बोधन गरे उनलाई आजसम्म नेपालका प्रधानमन्त्रीको नाम केपी ओली भन्ने हेक्का नै रहेनछ ।

जनकपुर मन्दिर परिसरमा छोटो सम्बोधन गरेका मोदीले सम्बोधनका क्रममा राजा जनक र ‘जानकी माता’को दर्शनको प्रबन्ध मिलाएको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिए।

‘एकादशीको यो अवसरमा माता जानकीको दर्शन गर्न पाँउदा म अत्यन्त खुसी छु। भारतीय प्रधानमन्त्रीको हैसियतले पहिलो पटक माता जानकीको दर्शन गर्न पाउँदा खुसी छु,’ मोदीले अगाडि भने, ‘यसको राम्रो प्रबन्ध मिलाइदिनु भएकोमा ‘मेरा भाइसाप’ प्रधानमन्त्री ‘कोली’ (ओली)जी, केन्द्र सरकार, राज्य सरकार, नगर सरकार र सबै उपस्थित जनतालाई धन्यवाद दिन चाहन्छु।’

यसैबीच मोदीले रामायण सर्किटले नेपाल र भारतबीच पर्यटनको सम्भावना बढाउने समेत बताए।

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...