प्रधानमन्त्री ओलीलाई नरेन्द्र मोदीले ‘कोली’जी भनेपछि……



बैशाख २८ काठमाडौँ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्ने क्रममा चुकेका छन् ।

रामायण सर्किटको उद्घाटनका क्रममा जानकी मन्दिर परिसरमा ५ मिनेट लामो मन्तब्य राख्ने क्रममा मोदीले तीन पटकसम्म ओलीलाई ‘कोली’ भन्दै सम्बोधन गरेका हुन् ।

आफूलाई जनकपुरमै स्वागत गर्न आएकोमा खुसी हुँदै मोदीले भने, ‘आदरणीय मेरा भाइ सा’व नेपालका प्रधानमन्त्री केपी शर्मा ओली (ओली) मेरो स्वागतमा जनकपुर आइपुग्नुभएकोमा म धेरै खुसी छु’, मोदीले भने, ‘भारतको पहिलो प्रधानमन्त्रीका रुपमा आज जनकपुरमा आइपुगेको छु । राजा जनकको माता जानकीलाई प्रणाम गर्ने शौभाग्य पाउँदा हर्षविभोर भएको छु ।’

मोदीले ५ मिनेट लामो भाषण गरिरहँदा नेपालका प्रधानमन्त्रीको नाम थरमा अलमल रहेको उनको भाषणका क्रममा थाहा हुन्थ्यो । ओली, नेपाल सरकार, राज्य सरकार र नगर सरकारको प्रशंसामा शब्द खर्चिरहँदा मोदीले ओलीलाई ‘कोली’ शब्द पटक पटक दोहोर्‍याए ।

 

Related posts
गृहमन्त्री थापाले कारवाही गर्न दिएको निर्देशनको अवज्ञा, कारवाही रोक्न अर्का मन्त्रीको दबाब

दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि गृहमन्त्री...

गोरेसंगको ६ पृष्ठ लामो बयानले थप रहस्य खुल्दै, के के भयो हिजो ?

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग...

आइपिएल खेलेर नेपाल फर्किन नपाउदै सन्दीपले पाए यति ठुलो उपहार

काठमाडौं- टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड...

अदालतमा गोरेको बयान: म ठूलो तस्कर होइन, मानवअधिकारवादीको रोहबरमा हिरासतमा बस्न पाउँ !

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले आफूमाथि...

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सद्वारा सन्यासको घोषणा !

काठमाडौँ, दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।...