नाकाबन्दी लगाउने मोदीको स्वागतमा १० मिनेट बत्ती निभाएर अध्यारो बनाउने अभियान शुरु



सुनौलो नेपाल/काठमाडौँ– दुई दिने  भ्रमणका लागी आज नेपाल आएका मोदीको स्वागतमा १० मिनेट बत्ती निभाएर अध्यारो (ब्ल्याक अाउट) बनाउने अभियान ट्वीटरमा शुरु भएको छ ।

नेपाल आएका भारतीय प्रधानमन्त्री मोदीकै कार्यकालमा नेपालीले भोगेको पाँच महिना लामो नाकाबन्दीको स्मरण गर्दै नेपालीहरुले सामाजिक संजाल मार्फत यस्तो अभियान चलाएका हुन् ।

नरेन्द्र मोदीको भ्रमणको विराेधमा ब्ल्याक अाउट अभियानले यतिबेला ट्विटर रंगिन थालेको छ राजनैतिक विश्लेषक भारत दाहालले ट्विटरमा लेखेका छन्  ‘राक्षसले अँध्याराेमा विचरण गर्न मन पराउँछ, साे अाज राति ८ः००-८ः१० सम्म घरघरमा बत्ति निभाएर पाहुनाकाे स्वभावकाे वास्तविक सम्मान गराैं ‘ ।

त्यसैगरी एक ईएम श्रेष्ठ ट्विट ह्याण्डल बाट लेखिएको छ ”म मोदी भक्त, बेलुका ८ बजे बत्ती ननिभाउने ‘ ‘म नाकाबन्दी पिडित, ८ बजे बत्ती निभाउने ‘

मोदीको नेपाल भ्रमणमा अनेक किसिमले बिरोध जनाएका नेपाली ट्विटेहरुले केहि दिन देखि चलाएको  ‘नाकाबन्दी अपराध हो मिस्टर मोदी’ #BlockadeWasCrimeMrModi अहिलेसम्म पनि पहिलो नम्बर छ ।

नेपालीले ट्विटमा ह्‍यासट्‍याग गरेर #BlockadeWasCrimeMrModi पोस्ट गर्न थालेपछि यो दुई दिन अगाडी देखि ट्वीटर  ट्‍यागमा पहिलो  नम्बर एकमा आएको हो ।

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...