मोदीलाई अर्को झट्का, नेपालीले चलाए आज राती १० मिनेट बत्ती निभाएर अध्यारो बनाउने अभियान



सुनौलो नेपाल/काठमाडौँ– दुई दिने  भ्रमणका लागी आज नेपाल आएका मोदीको स्वागतमा आज  १० मिनेट बत्ती निभाएर अध्यारो (ब्ल्याक अाउट) बनाउने अभियान ट्वीटरमा शुरु भएको छ ।

नेपाल आएका भारतीय प्रधानमन्त्री मोदीकै कार्यकालमा नेपालीले भोगेको पाँच महिना लामो नाकाबन्दीको स्मरण गर्दै नेपालीहरुले सामाजिक संजाल मार्फत यस्तो अभियान चलाएका हुन् ।

नरेन्द्र मोदीको भ्रमणको विराेधमा ब्ल्याक अाउट अभियानले यतिबेला ट्विटर रंगिन थालेको छ राजनैतिक विश्लेषक भारत दाहालले ट्विटरमा लेखेका छन्  ‘राक्षसले अँध्याराेमा विचरण गर्न मन पराउँछ, साे अाज राति ८ः००-८ः१० सम्म घरघरमा बत्ति निभाएर पाहुनाकाे स्वभावकाे वास्तविक सम्मान गराैं ‘ ।

त्यसैगरी एक ईएम श्रेष्ठ ट्विट ह्याण्डल बाट लेखिएको छ ”म मोदी भक्त, बेलुका ८ बजे बत्ती ननिभाउने ‘ ‘म नाकाबन्दी पिडित, ८ बजे बत्ती निभाउने ‘

मोदीको नेपाल भ्रमणमा अनेक किसिमले बिरोध जनाएका नेपाली ट्विटेहरुले केहि दिन देखि चलाएको  ‘नाकाबन्दी अपराध हो मिस्टर मोदी’ #BlockadeWasCrimeMrModi अहिलेसम्म पनि पहिलो नम्बर छ ।

नेपालीले ट्विटमा ह्‍यासट्‍याग गरेर #BlockadeWasCrimeMrModi पोस्ट गर्न थालेपछि यो दुई दिन अगाडी देखि ट्वीटर  ट्‍यागमा पहिलो  नम्बर एकमा आएको हो ।

Related posts
गृहमन्त्री थापाले कारवाही गर्न दिएको निर्देशनको अवज्ञा, कारवाही रोक्न अर्का मन्त्रीको दबाब

दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि गृहमन्त्री...

गोरेसंगको ६ पृष्ठ लामो बयानले थप रहस्य खुल्दै, के के भयो हिजो ?

सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे सँग...

आइपिएल खेलेर नेपाल फर्किन नपाउदै सन्दीपले पाए यति ठुलो उपहार

काठमाडौं- टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड...

अदालतमा गोरेको बयान: म ठूलो तस्कर होइन, मानवअधिकारवादीको रोहबरमा हिरासतमा बस्न पाउँ !

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले आफूमाथि...

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सद्वारा सन्यासको घोषणा !

काठमाडौँ, दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।...