आइतबार काठमाडौँमा सार्वजनिक बिदा !



बैशाख २८ काठमाडौं, आउने आइतबार (वैशाख ३० गते) काठमाडौं उपत्यकामा सार्वजनिक विदा हुने भएको छ।सरकारले यो वर्षदेखि विदा कटौति गरेको भए पनि काठमाडौं उपत्यकालाई मात्र दिइने चार जात्रा विदा कायमै राखेको छ।

काठमाडौं उपत्यकालाई मात्र हुने चार विदामध्ये पहिलो विदा मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आइतबार गते हुन लागेको हो।उपत्यकाले मात्र पाउने अन्य विदामा गाईजात्रा भदौ ११ गते सोमबार, इन्द्रजात्रा असोज ८ गते सोमबार र घोडेजात्रा चैत २२ गते शुक्रबार परेको छ।

गएको चैत १४ गते नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनामा भोटोजात्राको विदाको दिन भने तोकिएको थिएन।भोटोजात्रा मच्छिन्द्रनाथको रथ लगनखेलबाट जाउलाखेल पुर्‍याएको दिनसमेत गनेर चौथो दिनमा हुने गर्छ।रथ तान्ने तिथि पाटन कृष्ण मन्दिर अगाडिको सत्तलमा ज्योतिषीहरुले साइत निकालेपछि जुर्छ। गएको हप्ता ज्योतिषीहरुले रथ जाउलाखेल तान्ने दिन आज (वैशाख २७ गते बिहीबार) तोकेका थिए। सोही अनुसार भोटो देखाउने जात्रा वैशाख ३० गते आइतबार हुँदैछ।

 

Related posts
कठोर बन्दै ओली सरकार अनुगमन गर्ने माथी नै अर्को अनुगमन

काठमाडौँः सरकारले अहिले हुने गरेको अनुगमन प्रक्रिया प्रभावकारी नहुने ठहर गरेको छ ।...

१३ हजार कर्मचारी माथी कारबाही

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारी १३ हजार ३ सय...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे यस्तो सम्मानित कार्य

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद...

आदर्श नारी बिकास केन्द्रको रजत महोत्सव नवौं चरण अन्तरगत आज कविता वाचन कार्यक्रम सम्पन

जेठ ७, चितवन आशा खरेल आदर्श नारी विकास केन्द्र, भरतपुरले रजत महोत्सवको अवसरमा नवौं...

प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली संकल्पः यस्ता छन दर्जन नयाँ कार्यक्रम

काठमाडौँ, ७ जेठ-  सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई...